राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला तदर्थ समिति पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न , जित बहादुर पार्खिनको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला तदर्थ समिति पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।

शनिबार ठोरी गाउँपालिका–५, सुवर्णपुरको वडा कार्यालय सभा कक्षमा सम्पन्न अधिवेशनको अध्यक्षता जितु पाख्रिनले गरेका थिए। कार्यक्रममा ठोरी–५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतम, मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रतिष्ठानका सचिव बिनोद ढुंगेल, बारा अध्यक्ष देवेन्द्र कार्की, प्रदेश प्रतिनिधि विकास पाण्डे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतमले नेपाली लोकगीत तथा संस्कृतिको प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुने बताए। मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्माले मधेशको भाषा, संस्कृति र बाजागाजाको संरक्षण प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको उल्लेख गरे। वडा अध्यक्ष अष्ट बहादुर लोप्चनले स्थानीय कलाकारहरूको प्रतिभा उजागर गर्ने कार्यमा प्रतिष्ठानको भूमिका प्रभावकारी हुने बताए।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा जित बहादुर पाख्रिन, उपाध्यक्षमा युवराज केशरी, महिला उपाध्यक्षमा गङ्गा तामाङ, सचिवमा विजय कुमार ठाकुर, सहसचिवमा सूर्यनारायण वि.क., कोषाध्यक्षमा बालेश्वर राय चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा आकाश कुमार पटेल, रिना देवी यादव र अनिता राम चयन भएका छन्। साथै, सल्लाहकार समितिमा अशोक प्रधान, ध्रुवसिंह ठकुरी र अष्ट बहादुर लोप्चन रहेका छन्।

कार्यक्रमका दौरान सहभागी वक्ताहरूले नेपाली लोकसंस्कृति, विशेषगरी मधेश क्षेत्रका लोकबाजा र परम्परागत गीतहरूको प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिएका थिए। प्रतिष्ठानका सचिव बिनोद ढुंगेलले प्रतिष्ठानका भावी कार्यक्रमबारे जानकारी गराउँदै विभिन्न जिल्लामा शाखा विस्तार गर्दै लैजाने योजना रहेको बताए। प्रदेश प्रतिनिधि विकास पाण्डेले लोक गीत, नृत्य र संगीत प्रवर्द्धनका लागि प्रतिष्ठानको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिए।

अधिवेशनले मधेश क्षेत्रका लोकगीत, बाजागाजा, भाका तथा परम्परागत सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै समृद्ध बनाउने प्रतिबद्धता जनाउँदै समापन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...