अजित कुमार भुजेल , बिरगंज । कुम्हालटोल टोल सुधार समाज बिरगंजद्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी आज शनिबार लगातार ७ औं मासिक निशुल्क भोजन शिविर सभ्य एवं भव्य रुपले सुसम्पन्न गरेको छ ।
आजको निशुल्क भोजन शिविरमा सेवकहरुद्वारा रिक्सा ,ठेला , इरिक्सा चालक, बटुवाहरु ,गरिब असहायहरुको लागि निशुल्क भोजन खुवाएर सम्पन्न गरेको थियो ।
आज सम्पन्न सो निशुल्क भोजन शिविर कार्यक्रम कुम्हालटोल टोल सुधार समाजका सचिव हेमन्त शाक्यको अध्यक्षतामा कोषाध्यक्ष बैधनाथ साह ,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सल्लाहकारहरु समाजसेवी गौरी गुप्ता ,श्रवण बहादुर रायमाझी , निरन्जन चौधरी एवं सदस्यहरु गोबिन्द ताम्रकार लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।
सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितीका कोषाध्यक्ष बैजनाथ साहले जानकारी गराउदै यो कार्यक्रम समाज एवम् दाताहरुको सहयोगले जारी रहेको र समाजले यस्तै किसिमले सहयोग बढार्को खण्डमा यो निशुल्क भोजन शिविर प्रत्येक महिनाको प्रथम शनिबारको साथै महिनाको प्रथम र तेस्रो शनिबार गरि मासिक २ पटक र पछि प्रत्येक शनिबार आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरुको तैयारी रहेको जनाउदै सम्पुर्णलाई हातेमालो गरि दिन हार्दिक आग्रह गरेका थिए ।
सो अवसरमा समाजका सल्लाहकार गौरी गुप्ताले दिन दुखी असहायको सेवा सहयोग नै मानवको सर्बोत्यम धर्म भएकोले सबैले एकछाक भएपनी घरको जस्तो स्वादिलो गुणस्तरीय एवम् पोसिलो खाना खान पाउन भनेर हामी समाजमा रहेका सबैजनाले सुरुवात गरि सेवा गरेका हौ र यसमा टोलबासी मिलेर निशुल्क भोजन शिविर कार्यक्रममा आर्थिक एवम् जिन्सी सहयोग गरि हातेमालो गरि हाम्रो मनोबल बढाएका छन , अरु लाई पनि यस्तो पुण्यको कार्यमा सहयोग गर्न आग्रह समेत गरेका थिए ।
सो निशुल्क भोजन शिविर कार्यक्रमको साथै विभिन्न समयमा समाजमा रक्तदान कार्यक्रम ,सरसफाइ कार्यक्रम ,जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको कुम्हालटोल टोल सुधार समाज वीरगन्ज -७ का अध्यक्षमा नन्दलाल अहिर ,उपाध्यद्व्यमा रामबाबु रायमाझी र अशोक गुप्ता ,सचिवमा हेमन्त शाक्य , कोषाध्यक्षमा बैजनाथ साह,सहसचिवमा रितेश गुप्ता,सदस्यहरुमा गोबिन्द ताम्राकार , राजेश चौधरी, गायत्री चौधरी ,
सल्लाहकारहरुमा गौरी गुप्ता ,श्रावण बहादुर रायमाझी , मनोज मिश्रा,निरन्जन चौधरी लगायत रहेका छन ।