अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं. १६ स्थित बिरगंज भन्सारकाे मूल गेट देखि लिएर रजतजयन्ती चौक सम्म बिरगंज महानगरपालिकाकाे कार्यालय वीरगंज पर्सा, राष्ट्रपतिचुरे तराइ मधेश संरक्षक विकास समिति भरतपुर चितवन तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर -१० बिरगंज पर्साकाे संयुक्त आयोजनामा महानगरपालिकालाई स्वच्छ तथा हराभरा बनाउने उदेश्यले बिरगंज भन्सारकाे मूलगेट देखि लिएर रजतजयन्ती चौक सम्म बिभिन्न जात जातिका बिरुवाहरू रोपेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अथिति बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह तथा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा नागरीक समाज, समाज सेवी, बुद्धिजीवी, जनप्रतिनिधी, सरकारी, तथा गैर सरकारी संघसंस्थाका पदाधिकारीहरु , संचारकर्मीहरू, सुरक्षा निकायका पदाधिकारीहरु तथा ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु लगायत अन्दाजी २५० जनाको उपस्थितीमा विभिन किसिमका बिरुवाहरू ११० थान रोपण गरिएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र , सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , बिरगंज महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, सशस्त्र प्रहरी नायव उपरीक्षक लाेकेन्द्र सुब्बा , ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं , बिरगंज भन्सार प्रशासक प्रमुख दिपक लामिछाने , प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठक , सुनिता पौडेल , प्रमिला ढकाल , बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सर्फुदिन मिया , सन्चारकर्मि सुष्मिता यादव , संतोषमान रंजितकार , प्रहरी चौकि ईनर्वाका प्र. ब. ना. नि. योगेन्द्र थापा , स. प्र.ना. नि. सहदेव सापकोटा , स. प्र. स. नि. प्रेम बहादुर परियार , ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , राकेश अग्रवाल, सुशील कादमियाँ , चन्द्र अग्रवाल , कैलास बजाज ,रतन टेमानी , त्रिलोक चन्द दारूका , मुकेश खेतान , बसन्त प्रसाद उपाध्याय , बिरगंज साईकलिङ क्लव पर्साका सन्जय अग्रवाल , प्रहरी वरिष्ठ हवल्दार प्रेम राम , प्रहरी सहायक हवल्दार अजिता घिमीरे , प्रहरी जवान अमर सिंह साउदको समेत सहभागीता रहेको थियो ।