अजित कुमार भुजेल , बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रको कार्यालय परिसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा उपस्थित सहभागीहरूले एकआपसमा रंग, उल्लास र प्रेमका साथ होलीको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामी, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, केन्द्रिय सदस्य जगत राई, पर्सा जिल्ला सचिव अजित भुजेल, फोनिज पर्साका अध्यक्ष मुनेश लायोमगर सहभागी रहेका थिए ।
सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार पुरुषोत्तम दुबे, केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह , महिला उपाध्यक्ष रेखा घिमिरे, सचिव कुल नारायण प्रधान( दिलिप ) , न्युरो अस्पतालका डा. श्यामबाबु प्रसाद , अल्पाईन स्कुलका प्राध्यापक बिनोद उपाध्याय, केन्द्रकी सहकोषाध्यक्ष राधा शर्मा, सदस्यहरू मधु सिंह राजपूत, सीमा दुबे , पत्रकार सन्तोषमान रन्जितकार , कुसुमलाल श्रेष्ठ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
अध्यक्ष राम सर्राफले समुदाय र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन तथा समाजमा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताएका छन् । उनले सामुदायिक सेवा केन्द्रले समाजमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको र समुदायलाई प्रहरीसँग नजिक बनाउन निरन्तर क्रियाशील रहेको जानकारी गराए ।
कार्यक्रममा उपस्थित अतिथिहरूले होली पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो ।