शक्तिपिठ गहवामाई मन्दिरको नाममा रहेको ८ कठ्ठा खालि जग्गामा बाउन्ड्रिवाल तथा गेट निर्माणको शिलान्यास

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा न.१० आदर्शनगरस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको नाममा रहेको ८ कठ्ठा खाली जग्गामा बाउन्ड्री वाल तथा गेट निर्माण कार्यको शिलान्यास गरिएको छ। यसका साथै भवानीपुर स्कुल भवनको लागि पनि १ करोड रुपैयाँको बजेट छुट्याइएको छ।

सोमबार संघीय सांसद बिना जयसवाल कुर्मीको प्रमुख आतिथ्यतामा आयोजित भूमिपूजन तथा शिलान्यास समारोहमा करिब १ करोड रुपैयाँको संसदीय विकास योजना अन्तर्गत बाउन्ड्री वाल निर्माण, माटो भराइ तथा गेट निर्माण कार्य अघि बढाइएको छ। त्यसै गरि भवानीपुर स्कुल भवनको लागि १ करोडको बजेटमा छुट्याइएकोमा आज सो को पनि शिलन्यास गर्नु भएको छ।

सांसद जयसवालले मन्दिरको संरक्षण तथा धार्मिक महत्व अभिवृद्धि गर्ने उद्देश्यले आफूले पहल लिएको बताइन्। उनका अनुसार वीरगन्जवासीको आस्थाको केन्द्र रहेको गहवामाई मन्दिरको लागि संसदीय कोषबाट योगदान गर्ने योजना प्रारम्भदेखि नै रहेको थियो। मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन समितिको सिफारिस अनुसार उक्त बजेट विनियोजन गरिएको उनको भनाइ छ। साथै, उनले ठाकुरराम कलेजको पछाडी रहेको सो जग्गामासम्म पुग्ने बाटोमा धुलो तथा खाल्डाखुल्डी रहेकोले आगामी दिनमा व्यवस्थित सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहका अनुसार आगामी दिनमा सो जग्गामा सामुदायिक भवन निर्माण गर्ने तथा गहवामाई माताको प्रति स्वरुप प्रतिमा स्थापना गर्ने योजना रहेको बताइन।

शिलान्यास कार्यक्रममा रा.प्र.पा.का जिल्ला अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, नन्दु श्रीवास्तव, युवा नेता चन्दन मिश्रा, पानालाल पटेल, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू निवर्तमा अध्यक्ष दिना गुप्ता, उपाध्यक्ष सुरेन्द्र सर्राफ, बिजय उपाध्याय, पुर्व अध्यक्ष मदन गुप्ता, समाजसेवी रमिता माया गुप्ता, रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेल, उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष गोपाल केडिया,स्थानीय जनप्रतिनिधि, समाजसेवी, भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रा. डा. प्रमोद कुमार सर्राफले गरेका थिए।सोको जानकारी राप्रापाका नेता एवं समाजसेवी मनोज मिश्राले दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...