हिलिङ टच स्पा एन्ड सलोनको आयोजनामा ३ महिला सहित ५४ जनाले रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.६ लोहारपट्टि स्थित हिलिङ टच स्पा एन्ड सलोनलको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

सो रक्तदान कार्यक्रममा ३ महिला सहित ५४ जनाले रक्तदान गरि मानवता बलियो बनाएका छन । रक्तदान गर्नेहरुमा अन्जना चौधरी, निरु बोहरा, सबिता थापा, रोशन गुप्ता,अभिषेक सिंह ,निरज सिंह ,विशेष डैवज्ञ ,सन्नी गिरि ,अवनिश पटेल,नितेश सिंह ,बिनित अग्रवाल,विशाल सिंह लगायतले आफ्नो अमुल्य रगत दान गरेका थिए ।

बिरगंज आसपासको क्षेत्रमा रगतको अभाव हुन नदिन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रम स्पाका संचालक रोशन गुप्ताको अध्यक्षता एवं पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी पर्साका प्रमुख प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल ,डा. निरज कुमार सिंह ,नेपाल भारत मैत्री संघका अध्यक्ष अशोक बैध,वरिष्ठ उद्योगपति समाजसेवी रमेश अग्रवाल,वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,उपाध्यक्ष माधव राजपालको विशिष्ट आतिथ्यमा विभिन्न संघसंस्थाका गणमान्य व्यक्ति ,पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वको टिमले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...