अजित कुमार भुजेल , बिरगंज । प्याब्सन पर्साले आयोजना गरेको प्याब्सन राज होजियारि जुनियर फुटबल नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेल माउण्ड एडमन्ड र ज्ञान ज्योति स्कुल बीच भएको खेलमा ज्ञान ज्योति २-० ले बिजयी भएको छ । खेलको म्यान अफ दि म्याच माउण्ड एडमण्डका प्रज्वल मुखिया घोषित भएका थिए ।
आजै भएको दोस्रो खेल धोबिनी गापाको ब्लु हेभेन र विद्यासागर स्कुल बीच भएको खेलमा ब्लु हेभेनले १-० ले बिजयी भएको छ भने खेलको म्यान अफ दि म्याच ब्लु हेभेनका अमित कुमार पटेल घोषित भएका थिए ।
तेस्रो खेल हिमालय पिरामिड नआएपछी बिरगंज पब्लिक स्कुल वाक ओभर पाउदै बिजयी भए ।
चौथो खेलमा डिएभि स्कुल बिजयी भएका थिए ।अल्पाईन स्कुललाई २-० ले पराजित गर्दै डिएभि स्कुल बिजयी भएको हो खेलको म्यान अफ दि म्याच डिएभि स्कुलका युवराज पटेल घोषित भए ।
आजै भएको पाचौं खेलमा गोल्डेन फ्युचरलाई १०-०को फराकिलो अन्तरले पराजित गर्दै ठोरी एकेडेमी बिजयी भएका थिए । सो खेलका म्यान अफ दि म्याच ठोरी एकेडेमीका युवेश राई घोषित भएका थिए ।
म्यान अफ दि म्याच घोषित सबैलाई जनही नगद ५०० का दरले सम्मानित गरिएको फुटबल सन्योजक प्रबीण चौधरीले जानकारि दिनुभयो ।