नेकपा ( माओवादी केन्द्र ) ले यहि फागुन १२ गतेबाट पुर्वको झापा देखि हुलाकी राजमार्ग जनजागरण अभियान सुरु गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साको बैठक आज सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज बिजय महतोको अध्यक्षता तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा बसेको बैठकमा फागुन १२ गतेदेखि पार्टीले सञ्चालन गर्ने हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीको बारेमा छलफल भएको जिल्ला इञ्चार्ज विजय महतोले जानकारी दिए ।

पार्टीले फागुन १२ गतेबाट पूर्वको झापादेखि शुरु गर्ने हुलाकी राजमार्ग जनजागरण अभियान सफल बनाउन पार्टी निकटका जिल्लाका सबै जनवर्गीय संगठनहरुसँग छलफल गरिएको छ ।

बैठकमा पार्टीका निर्बतमान जिल्ला अध्यक्ष रामदरश कुशवाह, बुद्विजीवी संगठनका शत्रुध्न गिरी, मगर राष्ट्रिय मुक्ति मोर्चाका कमल पिठाकोटे मगर, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज कहर सिहं आले मगर, अखिल नेपाल महिला संघका हिरा भट्टराई, अखिल नेपाल किसान संघका जयनारायण चौधरी, वाइ सि एल का जिल्ला संयोजक दिपेन्द्र सिंह पटेल, अखिल क्रान्तिकारी महानगर अध्यक्ष राम बाबु मण्डल, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य महेन्द्र राम, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष टुनटुन तिवारी, मगर राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष रमेश ढलामी मगर, मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष जफर अंसारी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...