नेपाल रेडक्रस सोसाइटी पर्साको ५३ औं जिल्ला अधिवेशन सम्पन्न , युवा स्वयंम सेवक पुरस्कारबाट सिंह सम्मानित

Date:

अजित कुमार भुजेल ,  बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ५३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

बिरगंज महानगरपालिका स्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाका सभापति बिरेन्द्र राज कंडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य श्री नारायण प्रसाद तिमिल्सिनाको आतिथ्यमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी तिमिल्सिनाद्वारा पानसमा दिप प्रज्जवलित एवं जा.हेनरी डयुनाको फोटोमा टिका तथा फुलको माला लगाई कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियोे।

विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल महमद मिया,बिरगंज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जवाहिर प्रसाद गुप्ता,दिनानाथ रौनियार,गुडि साह, नेरेसो पर्सा शाखाका मन्त्री विनोद गिरि ,  नरेन्द्र साह, युबराज खडका लगायतका विशेष ब्यक्तिहरुको उपस्थिति रहेको थियोे।

आर्थिक प्रतिबेदन नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका कोषाध्यक्ष महन्थ प्रसाद यादवले प्रस्तुत गर्नु भएको थियोे।

त्यसै गरि अतिथिमा समाजसेवी प्रकाश उपाध्याय,मुना खनाल,सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई,कुम्हालटाेल सामुदायिक प्रहरी सेवा केन्द्रका सचीव श्रवण बहादुर रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
उक्त जिल्ला अधिवेशनमा पर्सा जिल्लाका विभिन्न २२ ओटा उप-शाखाहरुले गरेको उत्कृष्ट कार्य गरेकाहरुलाई  कार्यक्रममा पुरस्कार प्रमाणपत्र सहित सम्मान पनि गरिएको थियोे। सम्मान गर्ने क्रममा भुपेन्द्रलाल स्मृति पुरस्कारबाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका वरिष्ठ सल्लाहकार नरेन्द्र साहलाई र युवा स्वयंम सेवक पुरस्कार नेपाल रेडक्रस सोसाइटी रेशमकोठि शाखाका सचिव लालबाबू सिंहलाई सम्मानित गरेको थियो ।त्यसैगरि बर्षमा ४ पटक रक्तदान गरेकाहरुलाई पनि सम्मान गरिएको थियोे।

सो अधिवेशनमा समाजसेवी राजेन्द्र भट्टराई, सभासद यशस्कर सदस्य, विशिष्ट सदस्य, आजिवन सदस्य तथा सम्पुर्ण रेडक्रस प्रेमीहरु एवम् विभिन्न मिडिया बाट पाल्नु भएको सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे। 

केन्द्रीय सदस्य एवम् यस निर्वाचनका निर्वाचन अधिकृत तथा प्रमुख अतिथी नारायण प्रसाद तिमिल्सिनाका अनुसार नेतृत्वको चाहना राख्न एकदम राम्रो कुरो हो तर यसलाई मिलाएर एवम् सर्वसहमतिमा गएर काम गरे झनै राम्रो हुने प्रष्ट पारेका थिए।

आजको जिल्ला सभाको अधिवेशनपछी पर्सा जिल्लाका नया कार्य समितीका निर्वाचन भोलि मंगलबार जिल्ला शाखाको सभाहलमा हुने जनाइएको छ।

आजको कार्यक्रम संचालन नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाका स-मन्त्री साबिर अहमद एराजले गर्नु भएको थियोे।अन्तमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाका सभापति बिरेन्द्र राज कंडेलले सम्पुर्ण रेडक्रसकर्मीहरुलाई बधाई दिदै यस अधिवेशनमा सहभागीहरु लाई धन्यवाद ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...