प्रहरी प्रमुख गौतम मिश्रको सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लिद्वारा स्वागत

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर मुर्लीद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रम बिरगंज  वडा न. ११ श्रीपुर मुर्ली स्थित सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको कार्यालयमा सम्पन्न भएको हो।

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रमका  प्रमुख अतिथिका रूपमा एसपी गौतम मिश्रले गमलामा पानी हालि कार्यक्रमको सुभारम्भ गरेका थिए ।

प्रमुख अतिथि मिश्रले जनताको धनजनको र शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता रहेको बताउदै , समाजमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सामुदायिक सेवा केन्द्र सङ्ग समन्वय र सहकार्य गरि अगाडि बढ्ने समेत बताए ।

एसपि गौतमले आफ्नो अनुभव सुनाउदै म १८ बर्ष अघि वडा प्रहरी कार्यालय श्रीपुरमा पहिलो पोस्टिङ् प्रमुख भएर  आउदा र अहिले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा आउदा धेरै फरक पाएको भन्दै पहिले भाडामा रहेको वडा प्रहरी र सामुदायिक अहिले आफ्नो रहेको , यहाको बाटोघाटो पनि चौडा , सफा, सुन्दर र हरियाली भएको भन्दै यसमा हामि सबैको देन छ । यसमा भन्नु पर्दा सबैभन्दा बढी मानबिय बिकासमा, सामाजिक बिकासमा , विभिन्न अपराध नियन्त्रण , शान्ति सुरक्षामा सामुदायिक सेवा केन्द्रको ठुलो र अमुल्य योगदान रहेकोमा धन्यवाद समेत दिएका थिए ।

आफुसङै समाजिक कार्यमा अहोरात्र खटिनु हुने व्यक्तित्वहरु विभिन्न पदमा पुगेको देख्दा खुशी लागेको भन्दै यसमा सबै क्षेत्रका व्यक्तिहरु आबद्ध र उपस्थित हुनु भएकोमा धन्यवाद समेत दिनुभयो ।  

कार्यक्रममा विशेष अतिथिका रूपमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत ,वडा न.१३ का वडा अध्यक्ष हिरालाल गिरि , एलएस न्युरोका डा. श्यामबाबु प्रसाद , ग्रामीण बिकास बैकका बिनय कुमार झा, त्रिमुर्ति टोल बिकास समितिका अध्यक्ष सम्भु सिंह , सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका सल्लाहकार डा. पुरुषाेतम दुबे , उपाध्यक्ष रेखा घिमिरे, सचिब कुलनारायण प्रधान ( दिलिप ), कोषाध्यक्ष मेघराज सहनि , सहकोषाध्य  राधा शर्मा, आजिवन सदस्य पार्वती शर्मा, बृजेश अग्रवाल , मनिष सिंह राजपुत , बालएकता स्कुलका उमेश कुशवाह , अल्पाईन स्कुलका सत्यन्द्र सिंह , चिल्ड्रेन वल्डका बिनोद आचार्य  तथा यस सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका विभिन्न पदाधिकारी, समाजसेवी , आजीवन सदस्य ,सन्चारकर्मि ,प्रहरी जवानहरु तथा विभिन्न स्कुलका विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सदस्य एवं पत्रकार जगत राईले गरेका थिए भने कार्यक्रम संचालन पत्रकार सुर्य बिकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...