अजित कुमार भुजेल , बिरगंज । नेवा: देय् दबू बिरगंज महानगर कमिटीको आयोजनामा माईस्थान मन्दिर अगाडि बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेवा: देय् दबू बिरगंज महानगर कमिटीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान गर्नुको साथै निर्वाचित पदाधिकारी , सदस्यहरुलाई प्रमाणपत्र समेत बितरण गरेको सुनिल श्रेष्ठले जानकारी दिनु भयो ।
नेवा: देय् दबू ( नेवार राष्ट्रिय संगठन) बिरगंज महानगर कमिटी अध्यक्ष सत्यम खडकीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथी मधेस बिश्वबिधालयका उपकुलपति प्रोफेसर डा.दिपक शाक्य एवं सल्लाहकार निजु राज भणडारीको आतिथ्यमा सम्पन्न भएको हो।
उक्त रक्तदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुलुम खडकि,कार्यक्रम सन्योजक दिनेश जोशी,महिल उपाध्यक्ष प्रतिज्ञा बैध , सचिव अरबिन्द श्रेष्ठ ,महिला सचिव सबनम श्रेष्ठ, कोषाध्यक्ष सबना श्रेष्ठ ,जुलि श्रेष्ठ,प्रेमा श्रेष्ठ तथा मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष दिपेन्द्र बैध,सुनिल श्रेष्ठ,ज्योतिष डा.पुरुषाे तम दुबे लगायतकाको विशेष उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा ७ महिला सहित ५५ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्तदान गर्नु हुनेमा भिखा श्रेष्ठ,रेनु श्रेष्ठ,मनिषा चौधरी, सोनि श्रेष्ठ , सोनि गुरुङ , सुनिल श्रेष्ठ , अरुण मानन्धर , सन्देश श्रेष्ठ , बिकास कुमार श्रेष्ठ, नितेश पाण्डे, अनिल बहादुर श्रेष्ठ , अतुल कुमार श्रेष्ठ , राजेश श्रेष्ठ , प्रकाश पराजुली , मनोहर शेष, ,बिनित कर्ण,सैलेन्द्र कुमार साह , शिवशंकर साह , बिकु सिंह , अभिजित ठाकुर , आशिष ठाकुर , धिरज ठाकुर , रामबाबु साह , रबिन्द्र दास , शैलेन्द्र पटेल , बिजय चौधरी , बिनोद कुमार चौधरी , निरज चौधरी ,अभिशेष लामा , बिनित कर्ण , कुन्दन श्रेष्ठ , नितेश पान्डे , मैनुदिन अन्सारी , सुमित कुमार भङर , सुभम गुप्ता , रमेश कुमार कलवार लगाएतकाहरुले रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठीको युवा संयोजक अभिलाष गुप्ता , सामाजिक अभियन्ता प्रकाश थारु , राजेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियोे।सो कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार बिरगंजका धिरेन्द्र झा,बिबेक यादव लगायतकाहरुको सहयोगमा सम्पन्न भएको थियो ।