अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगपालिकाका उपप्रमुख इम्तियाज आलमद्वारा श्री दलित मुक्ति आधारभूत विद्यालयमा अनुगम गरिएको थियो ।
बिरगंज महानगरपालिका वडा नं.३२ स्थित रामवनमा रहेको श्री दलित मुक्ति आधारभूत विद्यालय अनुगमन गरिएको हो । उक्त विद्यालयलाई चाहिने जनशक्ति देखि लिएर विद्यालयको भवनको छत ढलान गर्ने विद्यालयको शिक्षक एवम् स्थानीयहरु संगको कुराकानीमा प्रतिबद्धता जनाएका थिए। साथै सोही ठाउमा रहेको गुम्बाको छत ढलान पनि गरिदिने आश्वासन दिनु भएको छ ।
उक्त बिधालयका प्रधानाध्यापक चन्द्रा शाही,विधालय व्यबस्थापन समितिका अध्यक्ष सुसन पौडेल,शिक्षक सन्तोष सरार्फ ,शिक्षक राम पौडेल , कन्हैयालाल कायस्त, रिनकु चौधरी लगायतकाहरुको पनि उपस्थिति रहेको थियो।
विद्यालयमा अनुगमका क्रममा बिरगंज महानगपालिकाका उपप्रमुख इम्तियाज आलमले म सग जे जति हुन्छ म गर्ने छु र विद्यार्थीहरुको लागि आउने दिनमा पनि बिरगंज महानगरपालिकाले जति सहयोग हुन्छ गर्ने प्रतिबद्धता जाहिर गर्नु भएको थियोे।