एक बर्ष अघिदेखि छुट्टै बसिरहेका एक दम्पतिको जिल्ला प्रशासन कार्यालय पर्साले गरायो मिलापत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । करिब एक वर्ष अघिदेखि छुट्टै बसिरहेको एक दम्पतीको मिलापत्र जिल्ला प्रशासन कार्यालय पर्साले गराएको छ । केही दिन पहिलामात्रै स्थापना गरिएको इजलासमा एक दम्पतीको मिलापत्र भएको हो  ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ बस्ने निरज कुमार रौनियार र नन्दनी रौनियार बीच मिलापत्र भएको उजुरी शाखाका नायब सुब्बा गौरीशंकर गुप्ताले जानकारी गराए ।

गुप्ताका अनुसार करिब एक वर्ष अघि घरेलु हिंसाबाट पिडित रहेकी नन्दनीले जिल्ला प्रशासन कार्यालय पर्सामा आफु हिंसामा परेको भन्दै उजुरी दिएकी थिइन् । श्रीमानले कुटपिट गरेर घरबाट निकालिदिएको भन्दै नन्दनीले उजुरी दिएकी थिइन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा भएको छलफलका क्रममा दुवै पक्षबीच सहमती भएको हो । अबदेखि कुनै पनि किसिमको हिंसा नगर्ने र मिलेर बस्ने मिलापत्र भएसँगै अब दुबै जना सँगै बस्ने भएका छन् ।

यसका साथै उनीहरुको नागरिकतादेखि बिहे दर्ता र ६ महिनाका छोराको जन्मदर्ता बनाउने प्रक्रिया पनि थालिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाअनुसार अहिले इजलासमा दिनहुँ ५ देखि ७ वटासम्म उजुरीमा छलफल हुने गरेको छ । विशेष गरी अभद्र व्यवहार, सार्बजनिक मुद्दा, मीटर ब्याज र ठाडो उजुरी धेरै आउने गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...