मुर्ति सेलाउन जादा डुबेर १ विद्यार्थीको मृत्यु १४ घन्टा पछि शव फेला

Date:

अजित कुमार भुजेल , बिरगंज।रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थीको शव १४ घण्टापछि फेला परेको छ। वडा न. ७ मुडवलवाका विद्यार्थीहरू मध्ये वर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए।

आफन्तको खबरपछि सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहटबाट खटिई गएको संयुक्त टोलीले खोजी गर्दै जाँदा आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

हिजो सरस्वती माताको मुर्ति बिसर्जन गर्ने क्रममा रौतहटको राजदेवी नगरपालिका वडा न. ६ स्थित बागमती नदीमा राजदेवी-७  मुडवलवा निवासी एब्म प्रा.बि .कटरवनका प्र. अ .उमेश यादवको २२ वर्षीय छोरा सुरज यादवको मृत्यु अवस्थामा लास फेला परेको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...