बिरगंज उद्योग वाणिज्य संघ र पि. नरेश एन्ड एशोसिएट , चार्टर्ड एकाउन्टेन्ट्स बीच स्मृति-पत्रमा हस्ताक्षर

Date:

अजित कुमार भुजेल , बिरगंज । कर राजस्व सम्बन्धी राय, सल्लाह, सुझाव प्रदान गर्ने सम्बन्धमा बिरगंज उद्योग वाणिज्य संघ र पि. नरेश एण्ड एशोसिएट, चार्टर्ड एकाउण्टेन्ट्सबीच स्मृति–पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

कार्यक्रममा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले पि.नरेश एण्ड एशोसिएटसँग संघको द्विपक्षीय सम्बन्धले संघका सदस्यहरुले पि.नरेश एण्ड एशोसिएटबाट कर, राजस्व र स्थानीय कर सम्बन्धी नयाँ नयाँ सूचना, परिपत्र बारे जानकारी प्राप्त गर्ने र राजस्व प्रशासनले प्रदान गर्ने सेवा सुविधा बारे जानकारी प्राप्त गरी लाभान्वित हुने बताउनुभयो । उहाँले यस क्षेत्रका उद्योगी, व्यवसायीहरुले भोग्नु परिरहेका कर, राजस्व लगायतका समस्या, अस्पष्टता सम्बन्धमा कर प्रशासन समक्ष राख्न सहज हुने बताउनुभयो ।

पि.नरेश एण्ड एशोसिएटका सञ्चालक नरेश कुमार पटेलले यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धी राय, सल्लाह, सुझाव, परामर्श दिने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले उद्योगी, व्यवसायीहरुले भोग्नु परिरहेका कर सम्बन्धी समस्याहरु सम्बन्धित सरोकारवाला समक्ष राखी समाधानको लागि आफुले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

साथै हस्ताक्षरित स्मृति पत्रमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), र अन्तःशुल्क सम्बन्धी आवश्यक सल्लाह र सुझाव संघको सदस्य एवम बारा/पर्साको उद्योगि व्यवसायीलाई विद्युतीय माध्यमले उपलब्ध गराउने, आन्तरिक राजस्व कार्यालय, विभागमा बुझाउने कर विवरण तयार पार्न र पेश गर्न कानुनी प्रावधान बमोजिम सल्लाह सुझाव प्रदान गर्ने, आन्तरिक राजस्व कार्यालय, विभागद्वारा प्रदान गरिएका करछुुटका सुविधाहरुलाई प्रथम पक्ष र उद्योगी व्यवसायीहरुलाई जानकारीका लागि विद्युतीय माध्यमबाट प्रवाह गर्ने, कर कानुनमा भएका परिमार्जन, अनुपालनको म्याद, र नियामक अपडेटबारे आवश्यकता अनुसार जानकारी गराउने उल्लेख भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज पब्लिक कलेजको रजत जयन्ती सम्पन्न , ” २५ वर्षे शैक्षिक यात्रासँगै उत्कृष्ट जनशक्ति उत्पादनमा BPC अग्रणी”

पर्सा पोस्ट, असार १२ गते, वीरगञ्ज । वीरगञ्जमा स्थापित उत्कृष्ट...

गौतम माबिमा ” विद्यार्थी उपलब्धि सम्मान समारोह ” सम्पन्न

पर्सा पोस्ट , असार १० गते , वीरगञ्ज । वीरगञ्जस्थित...

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...