अजित कुमार भुजेल , बिरगंज ।बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आज दोस्रो दिन संचालन भएको छ।
सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन । उनिहरुको बीचको प्रतिस्पर्धाले खेलप्रेमी दर्शकहरूलाई अझै मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ।
स्कुलले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसैको निरन्तरतास्वरुप तेस्रो संस्करण गर्न थालिएको हो।
उक्त खेलमा बिरगंजका डि.ए.भी. स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडमी,डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति,लिटिल फ्लावर , मालिनी एकेडमी,मेरी गोल्ड स्कुल , काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएका छन।
आजको दोस्रो दिनको खेलमा नेपाल काभेरी एकेडमी र मालिनी एकेडमी बिच भएको थियोे उक्त खेलमा मालिनी एकेडमीले नेपाल काभेरी एकेडमी स्कुल लाई ३-१ को अन्तरले पराजित गरेको छ।
उक्त खेलको म्यान अफ दि म्याच मालिनी एकेडमी स्कुलका जर्सी नम्बर ५५ सुदिप प्रसाद राउत थारु घोषित भएका थिए।