अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित मूनलाइट इङ्ग्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरूले काठमाण्डौमा सम्पन्न राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई आज एक कार्यक्रम बीच सम्मान गरिएको थियो ।
मुनलाईट माबिको प्राङ्गणमा आज बिरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहद्वारा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई अभिनन्दन गरिएको थियो ।
मुनलाईट ईङ्ग्लिस बोडिङ्ग स्कुलका सस्थापक प्रधानाध्यापक श्याम केसिको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले कार्यक्रमलाई सम्बोधन गर्नु हुदै बिरगंजलाई देश बिदेशमा चिनाउने काममा बिरगंज महानगर पालिका सधै साथ र सहयोग गर्ने बताए ।
बुद्धिचाल खेलमा जसरी आफ्नोले आफुलाई मार्दैन , जुन खेला छ , प्रबिधि छ त्यसैगरि हाम्रो बिरगंजबासिमा पनि यो लागु होस भन्ने भने चाहन्छु । बिरगंजलाई बैभव बिरगंज बनाउने बिषयमा पनि सबै जना खुट्टा तान्ने भन्दा गरि रहेको काम राम्रो र समर्थन गरि एकजुट भइ अगाडि बढन आग्रह गर्दै सनम बैनिको जुन सपना छ , त्यो पुरा होस र आउने दिनमा यस खेलको लागि म सहयोग गर्न तयार रहेको बताए ।
त्यसैगरि विशिष्ट अतिथिमा बिरगंज वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं, नेपाल चिकित्सक महासंघका केन्द्रिय उपाध्यक्ष डा. निरज कुमार सिंह, नेपाल पत्रकार महासंघ पर्साका पुर्व उपाध्यक्ष युबराज खड्का , सामाजिक सेबि बिनोद पटेल, दन्तचिकित्सक डा. भाष्कर साह , सामुदायिक प्रहरी कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने संचारकर्मीहरुमा उज्वल घिमिरे,नवराज फुयाल,अभिलाष गुप्ता,अजित भुजेल,जगत राई लगायतकाहरुको पनि उपस्थिति रहेको थियो।
मूनलाइट विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसीका अनुसार अन्तर स्कुल बुद्धिचाल प्रतियोगिता बिगत २ बर्ष देखि हुँदै आईरहेको छ।
तेस्रो अन्तरविद्यालयस्तरीय राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मूनलाइट स्कूलकी कक्षा ९ की छात्रा सनम श्रेष्ठ छात्रातर्फ प्रथम स्थान हासिल गर्न सफल भएकि थिईन । नेपालभरका १०६ विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा मूनलाइट स्कूलले ओभरअल उत्कृष्ट प्रदर्शन गर्दै नेपाल भरीमै द्वितीय स्थान हासिल गर्न सफल भएकि थिईन ।
बिरगंज महानगरपालिकाको नगरप्रमुख मेयर राजेशमान सिंहले बिजेता सबै विद्यार्थीहरू सनम श्रेष्ठ, चाँदनी मुखिया, सुरेश मुखिया, सुन्दरम पटेल, सन्नी साह, प्रिजेश श्रेष्ठ, संस्कार अर्याल, शुभम साह, मयंश चौधरीलाई माला लगाई एवं प्रमाणपत्र सहित सम्मान गरेका थिए।
सो कार्यक्रममा विद्यार्थी , शिक्षक , शिक्षिका , अभिभावक, नागरिक समाजका अगुवा , समाजसेवीहरुको उल्लेखनीयरुपमा उपस्थिति रहेको थियो।
सो कार्यक्रममा स्वागत मन्तव्य मूनलाइट विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसीले गरेका थिए भने कार्यक्रमको सहजीकरण संचारकर्मी सुर्या नारायण बिकले गरेका थिए।