सानिमा बैंकको २० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित सानिमा बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सो रक्तदान कार्यक्रम सानिमा बैंकको आफ्नै भवन लिङ्क रोड बिरगंजमा आयोजना गरेको थियोे । सो कार्यक्रम बिरगंज ब्रान्चका प्रमुख राज कुमार सोडारीको आतिथ्यमा सम्पन्न भएको थियो।

सो कार्यक्रममा ८ महिला सहित २५ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा रजनी गुरुङ,सागर बिक्रम साह,मनिष सोनि ,  प्रीन्स श्रीवास्तव,हिमेश कुमार साह,सुरज कुमार झा,अनुप कुमार पटेल,सुरज कुमार पटेल,उमेश कुमार गुप्ता,शागर कुमार साह लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता , सामाजिक अभियानता राजेन्द्र भट्टराई एवं बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा , मनिश गुप्ता, श्री राम ठाकुर लगायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...