परिवार वचत तथा ऋण सहकारी सस्था लि. को १४ औं बार्षिक साधारणसभा सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । परिवार वचत तथा ऋण सहकारी सस्था लि. को १४ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

बिरगंजको होटेल रोयल पार्टी प्यालेसमा शनिबार सस्थाका अध्यक्ष अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सन्चालक  शम्भु प्रसाद गुप्ताले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटनलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि गुप्ताले सहकारी भनेको बैकमा पहुँच नभएका सर्वसाधारणहरुको लागि भएको बताए । जसको कम आय छ , निम्न वर्गका उनिहरुको पहुँच बैक सम्म नभएको त्यस्ता व्यक्तिहरु सहकारी सस्था हरेक गाउमा ,पालीकामा , ठाउमा आज सहकारी सस्था रहेको छ  र यसले आफ्नो सदस्यहरुलाई आर्थिक वृद्वि , आर्थिक उन्नति र आर्थिक समृद्वि गर्नको लागि एउटा महत्त्वपूर्ण भुमिका खेलिरहेको बताउदै यसले एकातिर समाजमा  छरिएर रहेका ससाना पुजिलाई व्यवस्थित गरि बचत गर्ने बानीको बिकास गरेको छ भने अर्कोतिर सोही पुजीलाई आवस्यक परेमा व्यक्तिहरुलाई सिपमुलक तथा उत्पादन मुलक क्षेत्रमा ऋण लगानी गरि आत्मनिर्भर बनाउन सहज भएको भन्दै सरकारले पहिले लिदै आएको १०% करलाई बढाएर २०% लिदा सहकारी अप्ठ्यारोमा परेको भन्दै कानुनहरुलाई कसरी संशोधन गर्ने , सरल बनाउने र सहकारीलाई कसरी लोकप्रिय बनाउने त्यसको लागि राष्ट्रिय सहकारी महासंघ लागि रहेको बताउदै निकट भबिस्यमा यो कर घटने बारे आफू बिस्वस्त रहेको बताएका थिए ।

त्यसैगरि आर्थिक प्रतिवेदन सस्थाका प्रबन्धक मुन्ना ठाकुरले प्रस्तुत गरेका थिए । परिवार वचत तथा ऋण सहकारी सस्था लि. बिरगंजको माईस्थानमा २०६७ असोज २२ गते ३३ जना सस्थापक सदस्यहरुको रु. २० लाख चुक्ता पुजीबाट सन्चालित भएको २०८०/८१ सम्मको शेयरपुजी रु. ९०,३३,६००/- रहेकोमा निकट भबिस्यमा नै यसलाई रु. १ करोड २५ लाख चुक्ता  पुजी पुर्याउने बताए ।

सस्थाको पुजी २०७९/८० मा ८२,३४,४००/- रहेकोमा २०८०/८१ मा ९०,३३,६००/- रहेको छ भने कुल सदस्य संख्या  २०७९/८० मा १११८ रहेकोमा २०८०/८१ मा १२६५ रहेको छ । त्यसैगरि २०८०/८१ को बार्षिक  लेखापरीक्षणको प्रतिवेदन अनुसार कुल निपेक्ष ४,०८,११,५९६ /- रहेको छ भने कुल कर्जा लगानी ४,९०,७३,०१४/- व्यवस्था अघिको मुनाफा १९,५७,४२६/- कर पछीको नाफा १५,६५,९४१/- व्यवस्था पछीको मुनाफा ६,१३,५०६/- कुल आम्दानी ८१,४२,९७१/६० र खर्च ६१,८५,५४५/०२  रहेको प्रतिवेदनले जनाएको छ ।

त्यसैगरि परिवार वचत तथा ऋण सहकारी सस्था लि. का उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कृत समेत गरेको थियो । उत्कृष्ट शेयर सदस्यहरुमा अनिता देबि , रस्मिता श्रेष्ठ , संगीता तामाङ ,अनिल कुमार गुप्ता , भोला साह कानु , रमेश बहादुर श्रेष्ठ , रबि कोईराला , प्रदीप राज पान्डे , कम्लेस्वर , चेत कुमारि देबि दाहाल र नुरजाह खातुन रहेका थिए ।

त्यसैगरि सस्थाका उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान  गरेको थियो । सस्थाका प्रबन्धक मुन्ना ठाकुर , अस्मिता श्रेष्ठ , रेखा कुमारी यादव , नारायणी थापा, सुरज कुशवाह रहेका थिए ।

हरि बैध , सालिकराम प्रसाद कानु , हरेराम पटेल , जिस्णु बराल , राजेश पन्डित लगायतले स्थापनकाल देखी नै  सस्था संतोषजनक र नाफामुलक भएको भन्दै यस सस्थामा ढुक्क सङ्ग कारोबार गर्न शेयर धनीहरुलाई आग्रह  गर्दै उत्तरोत्तर प्रगति समेत कामना गरेका थिए ।

स्वागत कार्यक्रम सस्थाका उपाध्यक्ष सुनिल श्रेष्ठले र कार्यक्रम सन्चालन सचिब राजेश श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...