प्रसौनि भाठाको श्री मसरुर पब्लिक माबिमा निसुल्क आखा शिबिर सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्साको विन्दवासिनी  गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पव्लिक विधालयको प्राङ्गणमा आज एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ।

“प्रेम सबै लाई गर  कसैलाई घृणा न गर”  भन्ने मुल नाराका साथ आज आखाँ शिविर सम्पन्न भएको छ।

केडिया आखाँ अस्पतालको प्रविधि  सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ।

शिविरमा ४५२ जनाको आखाँ जाँच गरिएको थियो जस्मा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्। मोतियाबिन्दुको बिरामीको  अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डक्टर डा. अम्बिका साह,व्यास महतो,कैशल कुमार कर्ण रहेका थिए।

सो  कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको छ , भने विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा.  राज किशोर साह रहेका थिए।

शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए।

आखाँ शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...