२ करोड ९ लाख मुल्यका सामान सहित २ ट्रक पक्राउ

Date:

अजित कुमार भुजेल , बीरगन्ज । भन्सार छलीका सामान लोड रहेको आशंकामा प्रहरीले २ करोड मूल्यका सामान सहित दुई ट्रकहरु नियन्त्रणमा लिएको छ ।

प्रहरीले बीरगन्ज महानगरपालिका वडा न.१५ प्रतिमा चोकबाट सामान सहित ट्रकहरु नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा प्रहरीले बीरगन्जबाट काडमाण्डौँका लागि छुटेको ना ४ ख ९८५१ र प्रदेश २-०३-००१ ख ६५५७ नम्बरको ट्रकहरु रोकेर जाँच गरेको थियो ।

सोही क्रममा ट्रकहरुमा लोड रहेका हार्डवेयर तथा औषधीहरुको बिल बिजक शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

बरामद सामानको मूल्यांकन २ करोड ९ लाख ६ हजार ८४२ रुपैँया कायम गरिएको छ ।

सामान सहित ट्रकहरु आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...