Allied Youth Society को आयोजनामा श्री माईस्थान बिधापिठ माबिका विद्यार्थीहरुलाई “हास्छ , रुन्छ र बुझ्छ” प्रेरक सत्र कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजको नया बिल्डिङ्गमा  सोमबारको दिन Allied Youth Society को आयोजनामा श्री माईस्थान  विधापीठ  माध्यमिक विद्यालयका कक्षा ९ र १० का बिद्यार्थी भाइबहिनीहरुको   “हाँस्छ  रुन्छ र बुझ्छ  ” प्रेरक सत्र सम्पन्न भएको छ ।

सो कार्यक्रम मधेश बिश्व बिधालयका उपकुलपति प्रोफेसर डा.दिपक शाक्यको प्रमुख आतिथ्यमा भएको थियो ।

त्यसैगरि अतिथीमा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका शिक्षिका बसन्ती क्षेत्री, शिक्षक सोनालाल,युवा अभियानता एवम्  संचारकर्मी अभिलाष गुप्ता,कार्यक्रम संयोजक अर्चना यादव लगायतहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

आजको कार्यक्रममा मोटिभेसनल इसपीकर देवेश कुमार मानवसेवाले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमको आयोजना Allied Youth Society का अध्यक्ष ओम कुमार झा , सदस्यहरु मनन्त महर, समिकक्षा चौरसिया, निभा पाल, आयुस गिरि , गौतम शर्मा,निराजन पाल,सन्नी श्रीवास्तव, अन्कित झा लगायतहरुको पनि उपस्थिति रहेको थियो।

सो कार्यक्रममा बिरगंज मानवसेवा आश्रमका संस्थापक अध्यक्ष एवम्  मोटिभेसनल इसपीकर देवेश कुमार मानवसेवाका अनुसार हामीले धेरै बोर्डिङ स्कुल ठुलो ठुलो कलेजको सेमिनारमा पैसा लिईकन प्रोग्राम गरेको छु मलाई हृदय देखि नै सामुदायिक स्कुलमा त्यो पनि निशुल्कमा प्रोग्राम गर्न हृदय देखि नै मन भएकोले यो शुभकार्य गर्न आज मौका पाएकोमा हृदय देखि नै आयोजक टिमलाई धन्यवाद समेत दिएका थिए।

वहाले अगामी दिनमा पनि मलाई कुनै सामुदायिक बिधालयमा जानू परेमा कुनै फिस नलिईकन जाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।सो कार्यक्रममा लगभग १८० जना माईस्थान  विधापीठ  माध्यमिक विद्यालयका कक्षा ९ र १० विद्यार्थीहरुले भाग लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...