अजित कुमार भुजेल , बिरगंज । बिरगंजको बिर्ता स्थित बिरगंज उद्योग बाणिज्य संघमा कान्तिपु टेलीभिजनद्वारा महानगर महाबहस स्थानीय मुद्दा एवम् राष्ट्रिय चासो भन्ने विषयमा बिरगंज उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।
सो कार्यक्रममा महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह र कान्तिपुर टेलीभिजनका प्रधान सम्पादक बिजय पौडेल बिच समसामायिक विषयमा भएको थियो भने उक्त कार्यक्रम उपेन्द्र ठाकुर ,पंकज श्रेष्ठ र उनका टिमहरुको उपस्थितिमा संचालन भएको थियो। कार्यक्रममा बिरगंज महानगरपालिकाको उपमेयर इम्तियाज आलम,बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल ,मनोज उपाध्याय ,बिरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, राज ताम्राकार ,डा. निरज सिंह,वडा अध्यक्षहरु प्रदिप कुमार चौरसिया,बैजुलाल स्वर्णकार,जय प्रकाश साह ,जगत साह कानु, मधेस बिश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्य , बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं लगायतहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानिय जन्ता ,बुद्धिजीवीहरु ,समाजसेविहरु ,चिकित्सकहरु ,शिक्षा क्षेत्रका , ब्यापारीहरु,विद्यार्थीवर्गहरु ,अभिभावकवर्गहरुलाई के कस्तो अफ्ट्यारो छ भन्ने विषयमा सोधिएको थियो।सो कार्यक्रममा बिरगंजको पिप्रा स्थित श्री नर्सिह मा.बि.का विद्यार्थी रुपा पटेलको भनाई अनुसार उनको स्कुलमा टेबल बेन्चहरुको कमि छ। स्कुलमा सेनेटरी पैड पाउदैन र स्कुलमा ९० वटा सिसाको झयाल ढाेकाहरु फुटेको अवस्थामा रहेकोले बेला बेलामा दिनहु कुनै न कुनै विद्यार्थीको हात काटिने गर्छ उनका भनाई अनुसार विषयगत शिक्षकहरुको कमि रहेकोले ६ कक्षामा पढाउने शिक्षक ९ कक्षामा आएर पढायो भने बुझ्न गारो हुन्छ भने हाम्रो स्कुलको भौतिक समरचनाहरुमा पनि नगर प्रमुख मेयर साहेबले ध्यान दिनु जरुरी छ।
उनिहरुको जवाब दिदै मेयर राजेशमान सिंहले भने नेपाल सरकारले २०५४ साल देखि शिक्षकहरुको दरबन्दी न थपेर यस्तो भाको हो उनले थपे बिरगंज महानगरपालिकामा ४ वटा सामुदायिक बिधालयहरुलाई हामीले इङलिस मेडियम बनाएको छौ।जुन विद्यार्थी भाईबहिनिहरु संग पैसा छैन उनिहरु लाई पनि निशुल्क रुपमा पढाईरहेको बताउनु भयो। वहाको भनाई अनुसार जब सम्म शिक्षा र स्वास्थ राम्रो रहदैन तब सम्म वैभव बिरगंज बनाउन सकिन्न तेसैले सबैको सहयोग एवम् सहकार्य एकदम जरुरी छ अनि मात्र वैभव बिरगंज बन्ने बताए ।