मन्त्री गुप्ताको पहलमा पोखरीया अस्पताल प्रादेशिक अस्पतालमा घोषणा

Date:

अजित कुमार भुजेल , बिरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहलले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल प्रादेशिक अस्पतालमा घोषणा भएको छ ।

मन्त्री गुप्ताले आज बसेको मन्त्री परिषदको बैठकले पोखरीया नगरपालिकामा रहेको अस्पताललाई प्रादेशिक अस्पतालमा घोषणा गराएका हुन । पोखरिया नगरपालिका लगायत अन्य जोडिएका गाउँबासीको पक्षमा ऐतिहासिक निर्णय गराउन आफू सफल भएकोमा अत्यंत खुसीको साथै वर्षौँदेखिको प्रयास र जनताको मांग बमोजिम प्रादेशिक अस्पताल हुँदा मलाई अत्यन्त खुसी लागेको मन्त्री गुप्ताले बताउनु भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पोखरिया अस्पताल १५ शय्यायुक्त रहेको अस्पताल ५० शय्यामा स्तर उन्नती गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको छ ।

स्तर उन्नतीको निर्णयले पोखरिया अस्पतालले पोखरिया नगरपालिकाका लागि मात्र नभएर , मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ भन्ने मेरो विश्वास रहेको मन्त्री गुप्ताले बताएका हुन् ।

यो महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लाग्नु भएका पोखरिया नगरपालिकाका नगरवासी , स्थानीय अगुवा , सामाजिक अभियन्ता तथा राजनीतिक दलका साथीहरूप्रति विशेष आभार प्रकट गर्दै मन्त्रिपरिषद्को निर्णयमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनु भएका सम्माननीय प्रधानमन्त्री र माननीय मन्त्रीहरूलाई धन्यवाद ज्ञापनसमेत मन्त्री गुप्ताले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...