बुटवलको आम्दा अस्पतालमा आफुलाई असहयोग गरेको बदला लिन नेपाल चिकित्सक संघ लागे पर्साका प्रमुख जिल्ला अधिकारी बिरुद्ध षड्यन्त्र , कार्वाहीको माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल चिकित्सक संघबाट माननीय गृहमन्त्रीज्यू समक्ष मिति २०८१/ ८/ ३ मा पेश गरिएको ज्ञापन पत्रका सम्बन्धमा उपभोक्ता हित सरक्षण मञ्च नेपालको गंभिर ध्यान आकर्षण भएको छ ।

गत २०८१ साल कार्तिक ३० र मंसिर १ गते ‘व्यवसायमा मानव अधिकार र उपभोक्ताको सरोकार’ भन्ने मूल नाराका साथ उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं बार्षिक साधारण सभा पर्सा जिल्लाको बिरगंजमा सम्पन्न भएको थियो । उक्त साधारण सभाको उद्घाटन समारोहमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो मन्तव्यको क्रममा नेपालमा स्वास्थ्य क्षेत्रमा भइरहेको लापरवाहीको घटनाको उदाहरण दिदै आफु रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी रहदा बुटवलको आम्दा अस्पतालमा चिकित्सकको  लापरवाहीबाट एक सुत्केरी महिलाको मृत्यु भएको र सो घटनामा मृतकका आफन्तहरुद्वारा अस्पतालमा तोडफोडका गर्नुका साथै चिकित्सकलाई कार्वाही गर्नु पर्ने मागको घटनामा नेपाल चिकित्सक संघका पदाधिकारीले आफुलाई दिनु भएको दवाव समेतका वेतिथिको अनुभव सहितको दृष्टान्त प्रस्तुत गर्नु भएको थियो ।

तर उक्त विचारलाई व्यक्तिगत र सो घटनामा चिकित्सकहरुलाई असहयोग गरेको बदला लिन नेपाल चिकित्सक संघबाट प्र.जि.अ. अर्याल विरुद्ध कारवाहीको माग गरिएको ज्ञापनपत्रलाई माननीय गृह मन्त्री रमेश लेखकज्यूबाट ग्रहण गर्ने कार्य भएको छ । यसवाट एक इमान्दार असल निर्भिक नियमन अधिकारीको मनोवल घटाउने कार्य भएको भन्दै विचार र अभिव्यक्तिको स्वतन्त्रता विरुद्धका यस्ता गतिविधिवाट संविधानको धारा ४४ ले प्रत्याभूत गरेको उपभोक्ताको हक, उपभोक्ता संरक्षण ऐन, २०७५ ले संरक्षण गरिएको उपभोक्ता अधिकार तथा नियमनको दायित्व सम्बन्धी व्यवस्था, व्यवसाय र मानव अधिकार सम्बन्धी अनुवन्धित विश्वव्यापी मान्यताको विरुद्ध हुनको साथै नेपाल सरकारको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई निष्कृय बनाउने षडयन्त्र भइरहेको मञ्चको ठहर रहेको जनाईएको छ  ।

यसर्थ यस्तो गैर कानूनी माग फिर्तालिई आफ्नो व्यवसायमा उपभोक्ता मानव अधिकारको सम्मान गर्न नेपाल चिकित्सक संघ र असल निर्भिक, नियमन अधिकारीलाई हतोत्साहित बनाई देशमा स्वास्थ्य सेवा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा लुट मञ्चाउन अनादेख गरि छुट दिने कार्यमा थप मलजल नगर्न नेपाल सरकार गृहमन्त्रालयसंग मञ्च हार्दिक अनुरोध गर्दछ भन्दै मंगलबार मञ्चका महासचिव
विष्णु प्रसाद तिमिल्सिनाद्वारा हस्ताक्षर बिज्ञप्ति जारि गरिएको छ ।

त्यसैगरि उपभोक्ता हित संरक्षण मञ्च नेपालले अनुसूची -३ राष्ट्रिय मानव अधिकार आयोगमा पेश गरेको उजुरीमा उजुरी कर्ता आफै र पीडित उपभोक्ता पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा आम नेपाली स्वास्थ्य सेवाका उपभोक्ताहरु र आरोपित पिडक प्रदायक नेपाल चिकित्सक संघ काठमाडौं , नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कि , महासचिव डा. सन्जिव तिवारी र नेपाल सरकारका माननीय गृहमन्त्री रमेश लेखक रहनु भएको उजुरी सङ्ग सम्बद्ध अन्य प्रमाणहरु प्रेस बिज्ञप्तिको फोटोकपी र पत्रिकामा छपिएको समाचारलाई आधार मानेर मञ्चले विभिन्न मागको उपचार गरिपाउ भनि उजुरी दर्ता गर्ने तयारी रहेको छ ।

मागहरुमा उपभोक्ताको हित तथा व्यवसायीक मानव अधिकारी विरुद्धका यस्ता अनुचित मागलाई निरन्तरता दिने गरि कुनै पनि माग नराख्न र त्यस्ता माग नसुन्न आवस्यक पिडकहरुका नाउमा निर्देशन जारि गरि पाउ ,चिकित्सक संघको मागका आधारमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल माथि कुनै कार्वाही नगर्न यस्ता असल नियमन अधिहरुको मनोबल उच्च राख्न नेपाल सरकार गृह मन्त्रालयलाई तत्काल आवस्यक निर्देशन गरि पाउ , पीडित प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोक्ता हित संरक्षण मञ्चको साधारणसभामा व्यक्त स्वास्थ्य सेवामा भोग्नु परेका उपभोक्ता हित विरुद्ध  भैइरहेका अनुभवयुक्ति तथ्यगत बिचार समेतका स्वास्थ्य क्षेत्रमा भैइ रहेको व्यवसायी र मानवअधिकार  बिरुद्धका काम कार्वाहीहरुको थप अध्ययन अनुसन्धान गरि उपभोक्ताको मानव अधिकार संरक्षणका लागि आवस्यक सिफारिस गरि पाउ र पिडकहरुलाई आफ्नो पेशागत जिम्मेवारी बोध गराइ यस्ता गैरकानुनी , व्यवसाय र मानव अधिकार विरुद्धका कामकारबाही बन्द गरि गराई  उपभोक्ताको मानव अधिकार संरक्षण गरि पाउ भनि सस्थाको तर्फबाट उजुरी कर्ता महासचिव बिष्णु प्रसाद तिमिल्सिनाद्वारा हस्ताक्षर सहित उजुरी तयार गरिएको मञ्चले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...