बिन्दवासिनिमा बिराट कुस्ति प्रतियोगिताको उद्घाटन गरे उपमेयर आलमले

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा नं. १९ विन्दवासिनीमा विराट कुस्ती प्रतियोगिता को आयोजना भएको छ।

बिरगंज महानगर पालिका वडा नं. १९ विन्दवासनी निवासी विरबहादुर यादवले आयोजना गरेका दिपावली तथा छठ पर्वको उपलक्ष्यमा विराट कुस्ती प्रतियोगिताको उद्धाटन भएको हो ।

उक्त प्रतियोगिताको उद्घाटन बिरगंज महानगर पालिकाका  उपप्रमुख इम्तियाज आलमले फित्ता काटी बिराट कुस्ती प्रतियोगिताको शुभआरम्भ गर्नु भएको थियो।
कुस्ती प्रतियोगिता एउटा खेल न भई शरिरिक ब्याम पनि हो, यो प्रतियोगिताले मानव शरीरलाई चुस्त र दुरुस्त बनाउनु को साथै मानिसलाई फुर्तिलो र चनाखो बनाउछ । यस खेल प्रति बाल्यकाल  देखि कै मेरो रुचि थियो । म कबडी खेल बाल्यकालमा  खेलेको स्मरण गरिरहेको छु । आज यो कबडी खेलको उद्घाटन गर्दा धेरै खुशी लागेको भन्दै आउने दिनहरुमा यस्ता प्रतियोगिता गर्नेलाई सहयोग गर्ने बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो।
उक्त कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम रहनु भएको थियो भने  विशिष्ट अतिथीको रुपमा वडा १९ का वडा अध्यक्ष मुकेश चौरसिया, नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को का.ब. सभापति अनिल सिंह,अतिथिहरुमा ओम प्रकाश सरार्फ , धर्मराज यादव लगायत  आसपासका विभिन्न गाउँका जनताहरुको सहभागिता रहेको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...