मधेसी समाजका दिदिबहिनीहरुले आज भाईदुज पर्व धुमधामका साथ मनाउदै

Date:

अजित कुमार भुजेल , बिरगंज । मधेसी समाजका दिदिबहिनीहरुले भाईदुज पर्व आज धुमधामका साथ मनाएका छन् ।

मधेसी समुदायमा दिदी–बहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भाई दूज पर्व मनाइरहेका छन। भाई दूज पर्व दिदीबहिनीहरु र दाजुभाइहरबीचको प्रेम एवम् मायाको पर्व मानिन्छ। गोवर्धन पूजाको भोलिपल्ट यो पर्व मनाउने प्रचलन रहेको छ।

मधेसी समुदायका दिदीबहिनीहरूले बिहानै ४ बजे उठेर भगवान गोवर्धनको पूजा गरी दाजुभाइहरुको लामो आयु एवं  सुखी जीवनको कामना समेत गर्ने गर्छन। 

सो अवसरमा बहिनीहरूले भगवान गोवर्धन अगाडी श्राप दिएर आफ्ना दाजुभाइहरुलाई मार्ने गर्छन र फेरि  गोवर्धन भगवान समकक्ष श्राप मुक्त गराउछन भने  सम्पूर्ण दुःख र कष्टबाट मुक्त गराउन प्रार्थना समेत गर्छन। यसरी श्राप दिएर पुनः श्राप मुक्त गराउँदा भाइहरूको जीवनमा सकारात्मक उन्नति र सुस्वास्थ्य आउने विश्वास गरिन्छ।

आजको दिनमा मधेसी समुदायका भाईबहिनि एवं महिलाहरू समूहमा भेला भएर गोवर्धन पूजासँगै परम्परागत गीत पनि गाउने गर्छन । सोही दिन दिदि बहिनीहरूले आफ्नै जिब्रो काँडाले घोचेर आफ्नो दाजुभाइहरुलाई श्राप दिएर पुर्ण  मुक्त गराउँछन। यो धार्मिक परम्परा प्राचीनकालदेखि चल्दै आएको हो। भाई दूजपर्वको दिन दिदीबहिनीहरूले दाजुभाइहरलाई केराउको दाना एवम् लडडु ‘बजडी’ को रूपमा खुवाएर उनीहरूको स्वस्थ रहोस भन्ने कामना समेत गर्छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...