सामाजिक उत्तरदायित्व पुरा गर्दै डाईनामिक टेक्नोसफ्टले सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरलाई -१ थान प्रिन्टर सहयोग गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.११ श्रीपुर त्रिमुर्ति टोल स्थित रहेको डाईनामिक टेक्नोसफ्ट प्रालिले १ थान प्रिन्टर सहयोग गरेको छ ।

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको लागि प्रिन्टरको आवस्यकता रहेको भन्ने खबर पाएपछि डाईनामिक टेक्नोसफ्ट प्रालिका प्रमुख सचिन साहले सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई-१ थान (Canon company) को प्रिन्टर वडा प्रहरी कार्यालाय श्रीपुर पर्सामा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक गोरख बहादुर शाही हस्ते सहयोग गर्नु भएको थियो ।

सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरले समाजका लागि काम गर्दै आईरहेको र हामिले पनि सामाजिक उतरदायित्व पुरा गरेको र आगामी दिनमा पनि हामिहरुको सहयोगको आवस्यकता परे सहयोग गर्न तयार रहेको पनि साहले जानकारी दिनुभयो ।

सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुर पर्साका बरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, सचिव कुल नारायण  ( दिलिप ) प्रधान , सदस्य मधु सिहं,प्रहरी हवल्दार सुभाष प्रसाद यादव,प्रहरी जवान अबिनेस राय लगायतको उपस्थिति रहेको सचिब प्रधानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...