३९२ केजि लागुऔंषध गाजा , ट्यान्कर गाडी सहित दुई जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । ३९२ किलो लागूऔषध गाँजा, ट्याङकर गाडी सहित २ जना पक्राउ परेको छ ।

मंगलवार बिहान ०३:१५ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा बिशेष सुचनाको आधारमा पालुङबाट बिरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं. ९ ज्यामिरे बस्ने ट्याङकर चालक बर्ष २६ को रोशन पुरी र सोहि स्थान बस्ने बर्ष २२ को धन बहादुर मल्ललाई शंका लागी रितपुर्वक निजहरुको शरीर तथा ट्याङकर समेतको खानतलासी गर्दा ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नं. को डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा लुकाई छिपाई गरी ल्याइएको लागू औषध गांजा फेला परेकोमा तत्काल तौल गर्दा ३९२ किलो लागूऔषध गाँजा रहेको हुदाँ उक्त परिणामको लागूऔषध र ट्याङकर गाडी सहित निजहरु रोशन पुरी र धन बहादुर मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...