बिरगंजमा एमएडब्ल्यु ग्रुपको फोटोन ईलेक्ट्रिक कार स्वरुमको उद्घाटन उपमेयर आलमले गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा एमएडब्ल्यु ग्रुपको फोटोन ईलेक्ट्रिक कार साेरुमको उद्घाटन भएको छ।

बिरगंज  महानगरपालिका वडा नं.१२ मुर्ली स्थित ईलेक्ट्रिक कारकाे साेरुमको ओपनिङ्ग भएको हो। बिरगंज  महानगरका उपप्रमुख इम्तियाज  आलमले एक कार्यक्रमबीच रिबन काटेर उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख आलमले ईलेक्ट्रिक कार खरिद गर्न बिरगंज भन्दा बाहिर जानुपर्ने अवस्था रहेकोमा अब ईलेक्ट्रिक कारको शोरुम बिरगंज मै खुलेकोले खुशी ब्यक्त गरे। उनले ईलेक्ट्रिक कारको प्रयोगदेखि बिक्री वितरणले नागरिक देखि ब्यापारी दुबैलाई फाइदा रहेको बताए।

शोरुममा अहिले १० र १५ सिट भएको फोटोन दुईवटा मोडलको कार उपलब्ध छ। दशैंको बेला भएकोले शोरुम खुल्नुभन्दा अघि नै कारको बुकिङ समेत भएको शोरुमका अधिकारिक बिक्रेताका सन्चालक सदिक समनीले जानकारि दिनु भयो ।

१५ सिट भएको कार एकपटक चार्ज गरेपछि २३५ किलोमिटर सम्म चलाउन सकिन्छ। कारमा तीन लाख किलोमिटर र पाँच वर्षको वारेन्टी हुनुका साथै २० प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सबिधा रहेको जानकारी समेत गराउनु भयो।

हरेक सिट फोल्डिङ भएको तथा एसीको पनि सुबिधा रहेको छ। पछिल्लो समय पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल महगो हुदै गएको अवस्थामा इलेक्ट्रिक कार तर्फ ग्राहकहरुको आकर्षण  बढन थालेको छ। सो कार्यक्रमको सभापतित्व सोरुमका संचालक सदिक मिया समानी रहनु भएको थियो भने प्रमुख अतिथिमा बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलम रहनु भएको थियो ।

त्यसै गरि विशिस्ट अतिथिमा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, उधोगपति ओमप्रकाश सिकारिया, नेजमुदिन समानी, लगायत का अतिथीहरुको सहभगित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...