श्री दुर्गा पुजा समिति रानिघाटद्वारा २२ औं पटक रक्तदान कार्यक्रमको आयोजना , ६ महिला सहित ७९ जनाले रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । श्री दुर्गा पुजा समिती रानीघाटद्वारा ब्लड डाेनेशन चौक स्थित २२औं पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बुधबार श्री दुर्गा पुजा समिती रानीघाटका अध्यक्ष शतीष सिंह राजपुतको अध्यक्षता एवं  बिरगंज वडा न.९ का वडा अध्यक्ष जवाहर प्रसाद कलवारका प्रमुख आतिथ्यमा भब्यतापुर्वक कार्यक्रम सम्पन्न भएको थियो।

सो कार्यक्रमको अतिथिमा दिनानाथ रौनियार , नुरुल होदा अन्सारी , पत्रकार बिरेन्द्र प्रसाद साह , आर सी. यादव , मनिस कुमार कानु , गोपाल प्रसाद रौनियार , उषा सिंह लगायतका एवम् बिरगंज वडा न. ९ का आधारभुत स्वास्थय केन्द्रले रक्त दाताहरुको स्वास्थय परिश्रण गरि सहयोग गरेका थिए ।

रक्तदान कार्यक्रममा ६ महिला सहित ७९ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्तदान गर्नु हुनेमा स्नेहा साह , बिरेन्द्र प्रसाद साह , सैमरिका गुप्ता , बृजकिशोर प्रसाद , नवराज पटेल , शुनिल कुमार कलवार , ओमजय साह , चन्दन कुमार , बिष्णु राउत , प्रमोद रौनियार , कन्हैया यादव , राजन कुमार सिंह , प्रमोद कुमार साह , पृया साह , पपु कुमार सोनी   लगायतकाहरुले आफ्नो अमुल्य  रक्तदान गरेका थिए।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाबाट दिनानाथ रौनियार एवं नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता , सचिव लालबाबू सिंह लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे  , नमित चौरसिया,  लगायतका नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...