उपभोक्ता हित बिपरित गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि बजार अनुगमन र उपभोक्ता हित संरक्षण सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा पर्सामा बैठक बसि विभिन्न निर्णय समेत गरियो

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बुधबार बैठक सम्पन्न भएको थियो ।

नजिकिदै गरेको चाडपर्वलाई मध्य नजर गर्दै उपभोक्ता नठगिउन भनि  बैठकमा सम्पुर्ण सरोकारवाला तथा नियमन निकायहरु बीच उपभोक्ता हित बिपरित गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि बजार अनुगमन र उपभोक्ता हित संरक्षण सम्बन्धमा छलफल भएको थियो ।

छलफल पछी बजार अनुगमनलाई तीब्र बनाउन र सन्युक्त रुपमा बजार व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने निर्णय भएको थियो  ।

त्यसैगरि उपभोक्ता हित संरक्षण मञ्च पर्साले माछामासुको मुल्य निर्धारण तथा माछामासुको बजार व्यवस्थित गर्न बिगतमा दिएको ज्ञापनपत्रका बुदालाई सम्बोधन गर्न समिति बनाई मुल्य निर्धारण गर्न बिरगंज महानगर पालिकालाई जिम्मेवारी दिने निर्णय समेत भएको थियो ।

त्यसैगरि माछामासु बिक्रि गर्ने स्थल , माछामासु काटने स्थानको सरसफाइ कायम गर्ने , गराउने, माछामासु काटने व्यक्तिले एप्रोन लगाउने , माछामासु बिक्रि गर्ने स्थल सुरक्षित र सटर भित्र बिक्रि बितरण गर्ने व्यवस्था गर्न लगाउने निर्णय पनि गरिएको थियो ।

जथाभावी मुल्य लिईएका , परिक्षण नगरिएका ढक तराजुको प्रयोग गरिएका, बासि र कोल्डचेन मेन्टेन नगरिएका माछामासु जफत गरि प्रचलित कानुन बमोजिम कार्वाही गर्ने समेत निर्णय भएको थियो ।

र बैठकमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल , सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल , उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी , जिल्ला उपाध्यक्ष अजित भुजेल , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख सुरेश कुमार सिंह , बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन लाल दास , कृषि तथा पशुपन्छि व्यवसाय प्रवर्धन शाखाका अधिकृत रोशनी यादव , पशु सेवा शाखाका पशु प्राबिधिक सन्तोष ठाकुर , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निमित कार्यालय प्रमुख सुनिल चौरसिया , गुणस्तर तथा नापतौल कार्यालय बिरगंज पर्साका निरीक्षक राम प्रसाद लम्साल , सहायक निरीक्षक आनन्द कुमार गुप्ता , घरेलुु तथा साना उद्योग पर्साका लेखा अधिकृत प्रधुमन प्रसाद , बिरगंज उद्योग वाणिज्य संघ पर्साका प्रतिनिधि मनोज कुमार दास , माछामासु तथा फलफूल व्यवसायी संघ पर्साका प्रेस सल्लाहकार ग्यासु मिया देवान लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...