बिरगंज फ्रेन्डस राउन्ड टेबल 8 एवम राउन्ड टेबल नेपाल आरटिआई दिवसको अवसरमा रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज फ्रेन्डस राउन्ड टेबल 8 एवम राउन्ड टेबल नेपाल आरटीआई दिवस अन्तर्गत आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम बिरगंजको बहुवरी स्थित होटेल कलार्कमा सम्पन्न भयो ।

नेपाल रक्त संचार बिरगंजमा रगतको अभावलाई मधय्य नजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुदिप खेतानले जानकारी दिनुभयो।

बिरगंज फ्रेन्डस राउन्ड टेबल 8 का अध्यक्ष तथा  होटेल कलार्कका संचालक सुदिप कुमार खेतानको  अध्यक्षतामा भएको सो रक्तदान  कार्यक्रममा १ महिला सहित २८ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।

रक्तदान गर्नु हुनेमा अंशु प्रसाद कुर्मी , मनु कुमार , बिकाश राय , दिपेन्द्र बोहरा , सम्भु प्रसाद कुर्मी , शेषनाथ राम , रबि कुमार राय , राजेन्द्र बोहरा , गम्भीर प्रसाद गिरि , दिनानाथ प्रसाद , विशाल कुश्वाहा , राजु साह कानु , विशाल पटेल , प्रभात कर्ण लगायतकाहरुले आफ्नो अमुल्य  रक्तदान गरेका थिए।

सो कार्यक्रममा बिरगंज फ्रेन्डस राउन्ड टेबल 8 सदस्य दिपल खन्ना , अकक्षत साह एवम नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्राविधिक , मनिष गुप्ता , नमित चौरसिया, लिलाधर साह , नितेश साह लगायतका नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...