राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा पार्टी सभापति रबि लामिछानेलाई सरकारले संसदिय छानबिन समितिको प्रतिबेदन विपरित धरपकड गरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार दिउसो पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगरबाट निस्केको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानु बाबु अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबुले जिल्ला प्रशासन कार्यालयले आजै उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए।

रबि निर्दोष छन , राजनीति पुर्बाग्रह नसाँध ।  ८७ अर्ब ठग्ने असली सहकारी ठगहरु लाई कार्बाही गर भन्ने प्लेकार्ड बोकेको जुलुसले  ज्ञापनपत्र बुझाएर माइस्थानमा पुगेर कोणसभा समेत गरेको थियो ।

कोणसभालाई  सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन खबरदारी गर्दै  यसो भएमा नेपाली जनताले श्रीलंका र बाङ्लादेश झै ८४ अघिनै सत्ता कब्जा गर्ने बताए । उनले सत्ता स्थाइ नहुने र नेपाली जनताले सबै गतिविधि नजिक बाट नियालिरहेकोले यसको हिसाब किताब पनि चाडै गर्ने बताए ।

रास्वपा क्षेत्रीय  सभापतिहरु जितेन्द्र मिश्र , फैयाद मिया ,प्रदेश सदस्य तुलसा पौडेल , सुदिश प्रजापति , प्रचार बिभागका प्रदेश प्रमुख राम शरार्फ , सङठन र शिक्षा बिभागका प्रमुख राम प्रमोद रायमाझी , राम आर्य , सोनाला पटेल , पालिका सभापति माधब बस्नेत , उमेश यादब , चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको  सभालाइ केन्द्रिय  सदस्य  डा. नन्दन यादब र पुर्ब संयोजक दिलिप कुर्मिले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...