पुर्व प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले गरे नेपाली काङ्ग्रेस पर्सा कार्यालयको उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  महानगरपालिका वडा नम्बर २४ मा नवनिर्माण गरिएको नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालय आत्माराम ओेझा-दुखा सहनी स्मृति भवनको नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गरेका छन।

पर्सा काङ्ग्रेसका महान सपुतद्वय स्वं आत्माराम ओझा र दुखा सहनीकाे नाममा पार्टी कार्यालय भवन निर्माण गरिएको हो ।
<span;>बिरगंजमा नवनिर्मित पर्साकाे पार्टी कार्यालय भवनकाे समुद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले देश जनताले चाहेको विगतको समयमा पनि नेपाली काङ्ग्रेसले सरकारको जिम्मेवारी आफ्नो नेतृत्वमा सफलतापूर्वक निभाएकाे र आउने दिनमा पनि त्याे अवसर नेपाली काङ्ग्रेस र आफ्नाे काधमा आए अझ बढी सफलतापूर्वक निभाउने किनकी नेपाली काङ्ग्रेसको प्रथम उद्देश्य नै देश जनता लोकतन्त्रको सेवा गर्नु हो , रक्षा गर्नु हो र जब जब काङ्ग्रेस कमजोर हुन्छ तब तब लोकतन्त्र कमजोर भै देश जनता अप्ठ्यारोमा परेको हुन्छ ।

पर्सावासिले जहिले पनि नेपाली काङ्ग्रेसलाई आफ्नै पार्टी सम्झेर साथ दिएको बताउदै अब हामी सम्पुर्ण एकढिक्का भएर देश जनतालाई सेवा गरि बलियो बनाउन पर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेकाे बताए । राणा र पञ्चायत विरुद्ध काङ्ग्रेसले गरेकाे सशस्त्र संघर्ष पर्साकाे ऎतिहासिक बिरगंज बाटै सुरु गरेर सफलता हासिल गरेको स्मरण गर्दै उनले भने देशकाे अर्थतन्त्र धान्नेमा पनि पर्साकै अहम याेगदान रहेकोले पर्सालाइ आफुले जहिले पनि उच्च सम्मान दिएको बताएका थिए ।

सो अवसरमा संघीय मामिला तथा कानुन मन्त्री अजय चाैरसियाले नेपालि काङ्ग्रेस जनताको पार्टी भएकोले कुनैपनि शक्तिले सिध्याउन नसक्ने बताएका छन्। केन्द्रीय सदस्य समेत रहेका कानुनमन्त्री चाैरसियाले वीरगन्जमा सुविधा सम्पन्न पार्टी कार्यालयकाे निर्माण गरेर पर्सा काङ्ग्रेसले ऐतिहासिक काम गरेकाे र अब अझ बढी तदारुकता एवं सकृयताको साथ जनताको सेवा गर्ने बताए ।

सो अवसरमा केन्द्रिय सदस्य, पुर्व मन्त्री सान्सद रमेश रिजालले  काङ्ग्रेस र लाेकतन्त्रमाथि पटक पटक आक्रमण हुँदै आएको भन्दै काङ्ग्रेस देश जनता लोकतन्त्रको शहिदहरुकाे लागि शहादत र आन्दाेलनकाे जगबाट बनेकाे पार्टी हाे त्यसैले कसैलेपनि सिध्याउन सक्दैन। काङ्ग्रेस माथि जति पटक आक्रमण हुन्छ त्यती नै अझ बलियाे र सशक्त भएर जानेछ भन्दै काङ्ग्रेस पार्टी लाेकतन्त्र स्थापनाका लागि ५० ओैं वर्ष संघर्ष गरेको पार्टी रहेकाे भन्दै उनले हरेक राजनीतिक परिवर्तन काङ्ग्रेस कै नेतृत्वमा भएको बताए ।

उनले भने हामी एक भएर गयाै मधेस प्रदेशमा पनि काङ्ग्रेसको नेतृत्वमा सरकार बन्छ भन्दै सम्पुर्ण नेता कार्यकर्ताहरुले आपसी तितामिठा कुराहरुलाइ त्यागी आपसी एकतालाइ बलियो बनाइ एक ढिक्का हुन जोड दिएका थिए ।

नेपाली काङ्ग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सहमहामन्त्री फरमुल्लाह मन्सुर,केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल,केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना,केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अनिल रुंगटा,उमेशजंग रायमाझी,पूर्वमन्त्री सुरेन्द्र चाैधरी,मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा,प्रदेश सभा सदस्यहरु श्याम पटेल,शंकर चाैधरी,नेता शाेभाकर पराजुली, मधेस प्रदेश सभापति कृष्ण यादव,महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ,कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशाेक गुप्ता,जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चाैधरी लगायत जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरु, विभिन्न भातृ संघ  संगठनहरुको पदाधिकारी सदस्यहरु एवं कार्यकर्ताहरकाे बाक्लो सहभागीता रहेको थियाे ।

कार्यक्रमको सहजीकरण जिल्ला सचीव एवं बिरगंज  महानगरका उपमेयर इम्तियाज आलमले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...