तेरापन्थ युवक परिषदद्वारा आयोजित वृहत रक्तदान कार्यक्रममा ४ महिला सहित १०७ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । तेरापन्थ युवक परिषद बिरगंजले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ४ महिला सहित १०७ जनाले रक्तदान गरेका छन ।

जितपुरको एम बि दुगड ग्रुप परिसरमा मंगलबार भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा सुनिता श्रेष्ठ ,अमृता कुमारी यादव, कुशुम लामा , ज्योती लामा , वेदप्रकाश शर्मा,प्रभुनाथ पाठक, यसवन्त सिंह ,मो. युनुस अन्सारी ,सुरेन्द्र पारिक,नवराज अधिकारी ,बिरेन्द्र मण्डल,आदर्श ठाकुर,रुपलाल चौधरी, तौफिक आलम,राधेश्याम महतो लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएको बिरगंज रक्तसञ्चार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहाले बताउनु भयो ।

तेरापन्थ युवक परिषद बिरगंजद्वारा भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिन बिरगंज आसपासका विभिन्न स्थानहरुमा जसमा विभिन्न कारखाना ,अस्पताल ,क्लिनिक ,संघ संस्थाहरुमा  बृहत रक्तदान कार्यक्रम गर्ने योजना पच्छिल्लो शनिवार बिरगंजको जैन धर्मशालामा प्रेस सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको थियो।

जसमा लगभग १५०० पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको बताइएको थियो , त्यही कार्ययोजना अनुसार आज देखि जितपुरको दुगड ग्रुप परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र असोज ४ गते सम्म रक्तदान कार्यक्रम नियमित रुपमा दैनिक आयोजना गरिने आशिष् जैनले बताउनु भयो ।

सो शिविरमा तेरापंथ युवक परिषदका अध्यक्ष लोकेश जम्मड, उपाध्यक्ष पीयूष जम्मड, कार्यक्रम संयोजक धीरज बोरड़, सहसंयोजक नरेश भंसाली, विवेक बैद , दीपक बैद एवं MV Dugar Group का वेद प्रकाश शर्मा र उहाको समुहको सहभागिता रहेको थियो ।

त्यसैगरि  रक्तसञ्चार केन्द्र बिरगंजका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...