महानगर भित्र जथाभावी पोस्टर पम्पलेट टास गर्ने एक भारतीय नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  महानगरपालिकाले शहरलाई कुरुप बनाउने गरी विद्युतका पोल तथा खाली भित्ताहरुमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्न सुरु गरेको छ ।

केही समयदेखि नै महानगरपालिकाले जथाभावी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरे पनि अटेर गरी टाँस्नेलाई समातेर कारबाही गर्न सुरु गरेको हो ।

आइतबार राति जथाभावी पर्चा, पम्प्लेट टास्दै गरेको अवस्थामा महानगरको सरसफाई टोलीले एक जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाएको छ ।

छिमेकी देश भारत रक्सौलका चिकित्सकको नाममा हाइड्रोसिल, बबासिर, भकन्दर, गुप्त रोग, चर्म रोग लगायतको रोगको उपचार हुने भन्दै वीरगंजका विभिन्न स्थानमा जथाभावी पम्प्लेट टाँस्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको महानगरको सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको जिल्ला लुधियाना ग्राम सिक्रीका संजय मलिक रहेका छन् । उनलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको मियाँले जानकारी दिए ।

विभिन्न शिक्षण संस्था, इन्स्टिच्युट, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाका साथै भारतीय झोले छाप डाक्टरहरुले यसप्रकारको प्रचार सामग्री शहरका पोलपोल र भित्ताहरुमा टाँस्नुका साथै वितरण गर्ने गरेको पाइएको छ ।

महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको सरसफाई शाखा प्रमुख मियाँले जानकारी दिए । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा बनाउने अभियानलाई महानगरले तिब्रता दिएको हो । शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न महानगरले रोक लगाएको मियाँले बताए ।

मियाँका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ । ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन विशेष योजनाका साथमा हामी लागेका छौँ ।’

शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्प्लेटको बिगबिगी हटाउन लागिएको बताउँदै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा नियन्त्रणमा नै लिएर कडा कारबाही गर्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...