बिपिसि कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुको स्वागत र सम्मान कार्यक्रमको सुभारभ

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुको स्वागत र सम्मानको लागि शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ ।

बिरगंज पब्लिक कलेजका संस्थापक एवं मधेश विश्वविद्यालयका उपकुलपती प्रा. डा. दिपक शाक्यको अध्यक्षतामा आज बिरगंजको होटेल भिस्वामा आयोजित २ दिने शुभारम्भ कार्यक्रमको शुक्रबार दोस्रो दिन प्रमुख अतिथी बिरगंज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले पानसमा बत्ती बाली कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रमुख अतिथी गौतमले सर्वप्रथम एससिई पास भएकोमा बधाई दिदै नेपालमा टपटेन भित्र र मधेस प्रदेश मै उत्कृष्ट कलेज बिपिसि कलेज रोजेकोमा विद्यार्थीहरुलाई फेरि पनि बधाई दिदै ११ क्लास शिक्षाको महत्त्वपूर्ण क्लास भएकोले यसले विद्यार्थीहरुको भबिस्य निर्धारण गर्ने , भबिस्यमा के बन्ने भन्ने ढोका खोल्ने काम गर्छ , चाहे डक्टर , ईन्जिनियर , मेनेजर , उद्यमि , व्यवसायी बन्ने हो , यहिबाट हागा जोडिने भएकोले महत्त्वपूर्ण ११ क्लासको दुई बर्षमा विद्यार्थीहरुले समय खेर नफालेर सदुपयोग गरे भने सबैको भबिस्य उज्वल हुने , नेपालको एउटा राम्रो मान्छे हुने , मेनेजर हुने , बिजनेसमान हुने , बिदेश जाने यसको बेस भने११ क्लास नै हो , सबैले ध्यान दिएर पढे असल नागरिक बन्ने , यो दुई बर्ष भनेको मेरो अमुल्य समय हो , मैले कुनै पनि नराम्रो काम गर्नु हुदैन भन्ने प्रतिबद्धता साथमा , ईच्छाशक्तिका साथ , एउटा सकारात्मक सोचका साथ अगाडि बढे कहिले असफल नहुने मुलमन्त्र गौतमले बताएका थिए ।

त्यसैगरि सोहि कलेजमा पढेर अतिथिको रुपमा नेबिल बैंक मधेस प्रदेशका मेनेजर सुलभ श्रेष्ठ र शिखर ईन्स्युरेन्सका रिजनल मेनेजर सुरेश चन्द गुप्ताले आफ्ना अनुभव विद्यार्थीबीच शेयर गरेका थिए ।

बिपिसि कलेजका संस्थापक दिपक शाक्यले हामि त्यहि दिन सफल हुन्छौं , खुशी हुन्छौं , जुन दिन हामिले हाम्रो विद्यार्थीहरुलाई सैलुट गर्छौं । सफल विद्यार्थी बन्न एउटा मुलमन्त्र हो, सफल बन्नु ठुलो कुरा होईन , असल बन्नु बहुतै मुस्किल कुरा हो। असल बन्ने मान्छे ठुलो बन्छ , आज महात्मा गान्धिलाई सबैले पुजा गर्छ , नेशन मन्डेला सन्सारको सबभन्दा सफल व्यक्तिमा आउछ तर त्यहि ईराकमा राष्ट्रपति सद्दाम हुसेन सन्सार कै शक्तिशाली र धनि हो , उ ठुलो त भयो तर असल हुन सकेन , असल हुनु नै मान्छेको सफलताको आधार रहेको बताए ।

डा. शाक्यले असल भन्ने चिज दुईटा हुन्छ ज्ञान र गुण यो दुई चिज नै जरुरी हुन्छ ।नौलेज ज्ञान भएको तरिका जान्नु , स्किल भनेको व्यवहारमा उतार्नु हो। यो दुईटा कुराले मानिसलाई विद्वान , गुणि र सस्कारि बनाउछ ।

विद्यार्थीहरुलाई बिपिसिमा पास हुनलाई र सर्टिफिकेट लिन आउने सपना नहेर्नु , सिक्न आउन सपना हेर्नु , सपना हेर्नु पर्छ , जो मान्छे सपना हेर्दैन , त्यो जिवनमा कहिले सफल हुन सक्दैन , त्यो सपना अब बिपिसिले पुरा गर्ने छ । तिमिहरुलाई ठुलो कर्मचारी बनाउने कि , ठुलो उद्योगि , व्यवसायी बनाउने , नोकरि माग्न जाने होईन , नोकरी दिने व्यक्ति बनाउने डा. शाक्यले बताए ।

सो कार्यक्रममा अतिथिहरु नेबिल बैंक मधेस प्रदेश प्रमुख सुलभ श्रेष्ठ , शिखर ईन्स्युरेन्स मधेस प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ता , मानवसेवा आश्रम मधेस प्रदेश सन्योजक दिवेश गुप्ता , सन्चारकर्मि अजित भुजेल , सन्तोषमान रन्जितकार , जाकिर हुसेन , कलेजका शिक्षक विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरुस्कार एवं प्रमाणपत्र प्रदान गरि पुरस्कृत र अतिथीगणलाई मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो ।

  • स्वागत मन्तव्य कलेजका प्राध्यापक युगलकिशोर सरले र कार्यक्रमको सहजीकरण कलेजका विद्यार्थीहरु आयुष अग्रवाल र दुर्गा मिश्राले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...