अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा लागु औषध दुरव्यसन दुर्वयसन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। । गरेको छ ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी पर्साको सहयोगमा बिरगंज महानगर पालिका वडा न.५ स्थित मुनलाईट माबिमा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार एवं मुनलाइट स्कुलका डाइरेक्टर श्याम केसिको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक स्वप्निल देवकोटाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा अतिथिहरु बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,ज्योती टिभिका डाइरेक्टर राजेन्द्र सिंह , देश दर्शन साप्ताहिकका प्रवन्ध सम्पादक मनोज मिश्रा , अन्कुश दैनिकका सम्वाददाता सन्तोष रन्जितकार, जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार मनोज बैठा लगायत सामुदायिक प्रहरीका वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली ,सदस्यहरु नरेन्द्र अग्रवाल,ज्ञानमाया रायमाझी,मुना दाहाल,प्रहरी हवल्दार कुमार विक तथा स्कुलका शिक्षकहरु र कक्षा ७ र ८ का ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
<span;>सो अवसरमा प्रमुख अतिथी एवं प्रशिक्षक प्रनानी देवकोटाले लागुऔषध के हो , यसको सेवनले ब्यक्तिलाइ भ्रम एवं नशाको चपेटामा पारेर शारीरिक एवं मानसिकको साथै सामाजिक आर्थिक रुपले मानिसहरु क्रमिक रुपले निकै कमजोर र बहिष्कृत भएर अल्पकाल मै अत्यन्तै दु:खद मृत्यु अङालन पुग्ने भएकोले समयमै यसबाट सचेत रहन र अरुलाइ पनि सचेत गराउन आग्रह गरेका थिए ।
<span;>उहाले वृतचित्रको सहयोगले विभिन्न फोटो एवं सन्देशमुलक नाराहरु देखाउदै यस्को कानुनी पाटो बारे पनि वृहत् रुपमा सम्झाउदै विद्यार्थीहरुको जिज्ञासाबारे जानकारी गराउदै लागू औषध सम्बन्धि सचेतना प्रशिक्षण प्रदान गरेका थिए ।
<span;>सो अवसरमा मुनलाइट स्कुलका डाइरेक्टर केसिले लागुऔषधले हाम्रो बुद्धिलाई नष्ट गरि जीवन नर्क बनाउने भएकोले सो बाट आफू र सबैलाइ बचाउन सबैले प्रयास गर्नु पर्नेमा जोड दिदै आयोजकको साथै जिल्ला प्रहरी कार्यालय,प्रशिक्षक देवकोटा ,अतिथिहरु लाई धन्यवाद व्यक्त गरेका थिए ।
<span;>अतिथिहरुको स्वागत खादा लगाएर गरिएको सो कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।