पर्सा प्रहरीले ठुलो मात्रामा लागु औंषध गाजा र चरेस सहित फुलसरिफ मियालाई नियन्त्रणमा लियो

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले ठुलो मात्रामा लागु औंषध गाँजा र चरेश सहित एक व्यक्तिलाई  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो मात्रामा लागु औषध बरामद गर्दै एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ८ः०० बजे पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ स्थित अकवा गाउँको बाँसघारी क्षेत्रमा विभिन्न किसिमका लागु औषधहरू खरिद विक्री भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले छापामारी गरेको हो ।

उक्त छापामारीका क्रममा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं.१ मुदुली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई संकास्पद रूपमा लुकिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा फुलसरिफ मियाँको साथबाट ३० केजी लागु औषध गाँजा बरामद भएको थियो। निजसँग गरिएको सोधपुछमा उनले नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाइएको थप लागु औषध रहेको जानकारी दिएका थिए ।

प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा १९२ केजी लागु औषध चरेश र २६७ केजी गाँजाको धुलो (पोलाण्ड) पनि बरामद गरेको छ ।
पक्राउ परेका फुलसरिफ मियाँलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दिपक भारतिले  जानकारीे दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...