श्रीपुर मुर्लि सामुदायिक सेवा केन्द्रको आयोजनामा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साको आयोजनामा ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौकमा पैदल यात्री,साईकल चालकहरु समेतलाई जेबरा क्रसिङ गर्दा दाया बाँया हेरेर मात्र बाटो क्रस गर्ने, ट्राफिक संकेत ,  ट्राफिक लाईट, हेल्मेटको फित्ता लगाउने बिषयमा सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव कुल नारायण प्रधान ( दिलिप ) ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर बिरगंज पर्साका सचिव कुल नारायण प्रधान (दिलिप),  सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान अबिनेस राय लगायत अन्दाजी ३०-३५ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...