शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्वारा रेल्वे स्कुलका छात्राहरुलाई महिनावारि सम्बन्धि जनचेतनामूलक प्रशिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठान पर्साले आज बिरगंज वडा न. ९ स्थित श्री नेपाल रेल्वे स्कुलमा महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी पर्साका उपाध्यक्ष बरिस्ठ समाजसेवी मधु राणाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिहरु श्री नेपाल रेल्वे स्कुलका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार , प्रतिष्ठानका बरिस्ठ सल्लाहकार समाजसेवी प्रकाश कुमार उपाध्याय ,  मधेश विश्वविद्यालयका प्राध्यापक एवं प्रतिष्ठानका सल्लाहकार डा. हरेराम ठाकुर , प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रम सन्योजक प्रशिक्षक पल्लवी हरलालका र अतिथिहरुमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष एवं प्रतिष्ठानका उपाध्यक्ष युवराज खडका, समाजसेवी दिलिप शर्मा बराल, सामाजिक अभियन्ता राजेन्द्र भट्टराई ,प्रतिष्ठानका कोषाध्यक्ष बिना खतिवडा आचार्य, सहसचिव अजित कुमार भुजेल , सदस्यहरु नवराज भट्टराई ,पवन श्रेष्ठ ,अभिलाश गुप्ता, सुर्य बिक लगायत स्कुलका शिक्षकहरु एवं विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राणाले सहभागी छात्राहरुलाई महिनावारी कुनै रोग न भएर हाम्रो शरिरको नियमित प्रक्रिया हो जस्ले शरिरबाट अनावश्यक वस्तुहरुलाइ बाहिर निकाली शरीर स्वास्थ्य बनाउदछ । त्यसैले महिनावारी हुदा न आतिएर सफाइमा विशेष ध्यान दिदै सुरक्षित पैडहरु प्रयोग गर्नु पर्नेमा जोड दिनु भएको थिए ।

प्रशिक्षक हरलालकाले कक्षा ५ देखि १० सम्मका करिब २२० जना अध्यनरत छात्राहरुलाई महिनावारी के हो , किन हुन्छ,कसरी हुन्छ , कोहि कोहिमा अलि समय तल माथी फरक किन हुन्छ भनी बिस्तृत रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले प्रोजेक्टरको सहायता लियेर विभिन्न प्रयोगात्मक बिधीको प्रदर्शन गरि महिनावारिको समयमा नआतिएर सरसफाइमा विशेष सतर्कता अपनाउन आग्रह गरेका थिए ,उहाले छात्राहरु संग सानो अन्तरक्रिया गर्दै विभिन्न प्रश्न जिज्ञासा्लाई सुन्दर अभिव्यक्तिद्वारा सन्तुष्ट गरेका थिए ।

सो कार्यक्रममा प्रधानाध्यापक प्रभु प्रसाद रौनियारले यस्तो महत्वपुर्ण सचेतनामूलक कार्यक्रम हाम्रो स्कुलमा गरेर छात्राहरु लाई ज्ञान एवं सचेतना प्रदान गरेकोमा प्रतिष्ठान परिवारलाइ हार्दिक आभार व्यक्त गरेका थिए । सो कार्यक्रममा डा. हरेराम ठाकुर ,युवराज खडकाले शुभकामना मन्तव्यमा ब्यक्त गरेका थिए भने सुर्य बिकले महिनावारी सम्बन्धी सुन्दर एवं प्रेरक कविता वाचन गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष मुना खनालले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर समाजिकसेवा गर्ने उद्देश्यले नै प्रतिष्ठानको स्थापना भएको हुनाले विगतको को समय देखि नै छात्रछात्राहरु लाई शैक्षिक सामाग्री सहयोग,असहाय बालबालिकाहरुको विभिन्न सामाग्री एवं आवश्यक सहयोग,चाडपर्वहरुमा बिपन्नहरु लाई लत्ताकपडा लगायत अन्य सहयोग वृक्षारोपण ,स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम एवं समाजका अग्रज गुरुजनहरुलाई सम्मान जस्ता कार्यक्रमहरुको आयोजन गरि समाजको सेवा सहयोग प्रदान गरिरहेको बताउदै आजको कार्यक्रमलाई सभ्य एवं भव्य रुपले सम्पन्न गर्न सहयोग गर्ने रेल्वे स्कुल परिवार एवं  सहभागीहरुलाइ हार्दिक धन्यवाद प्रकट गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका बरिस्ठ सल्लाहकार प्रकाश कुमार उपाध्यायले र कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंहले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...