नेपाल युवा परिषदद्वारा अलौमा वृक्षारोपण

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद्ले असार १४ गते देखि २१ गतेसम्म देशभरी नै “एक युवा एक विरुवा” अभियान सञ्चालन गरिरहेको छ ।

सोही क्रममा सोमबार नेपाल युवा परिषद् पर्साको आयोजना र वीरगंज महानगरपालिका वडा नं. १७ वडा कार्यालयको सहकार्यमा अलौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल युवा परिषद्का मधेश प्रदेश संयोजक श्रवण प्रसाद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष संजिव बहादुर क्षतकुलीले आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा रोपण आवश्यक रहेको बताए । मानवजिवनलाई अति नै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बोट विरुवाहरुलाई रोपेर मात्र नहुते बताउदै वडाध्यक्ष क्षतकुलीले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताए । रोपिएको विरुवालाई यस वडाका सम्पूर्ण जनता र वडा कार्यालय मिलेर संरक्षण गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
अलौं बजार टोल स्थित पोखरी परिसरबाट सुरु गरिएको वृक्षारोपण अन्य स्थान र बाटोको छेउमा पनि अभियानकै रुपमा वृक्षारोपण गर्दै जाने क्षतकुलीले बताए । सो अवसरमा आज विभिन्न प्रजातिका करिब ५०० विरुवा रोपिएको राष्ट्रिय युवा परिष्दका एस.एम.जहाँगस्तले बताए ।

सो अवसरमा सशस्त्र प्रहरी बिओपी अलौंका सशस्त्र प्रहरी नायब उपरिक्षक विकास अधिकारी, वडा नं. १७ का वडा सदस्यहरु उर्मिला देवी, अमरी देवी चमईन, नेसार अहमद, नेकपा एमालेका प्रदेश कमिटी सदस्य उसमान अंसारी, लोसपाका मधेश प्रदेश कमिटी सदस्य श्रीराम गिरी, नेपाल युवा परिष्द पर्साका उपाध्यक्ष अजय चौरसिया, सञ्चारकर्मी शेखर क्षतकुली, जगत राई, दिपक चौरसिया, स्थानिय नेकपा एमालेका जिल्ला सदस्य  गंगाधर महतो, कृष्णदेव यादव, बुनेल ठाकुर, शेख मुमताज लगायतकाले बृक्षारोपण गरेका थिए ।

नेपाल युवा परिषद्ले एनसेल र एफएओको सहयोग एवं सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियान २०८१ देशभरी नै सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...