बिरगंज समाज सेवाद्वारा नारायणी अस्पतालमा हरेक शनिबार निसुल्क भोजन बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज समाज सेवाद्वारा सन्चालित निसुल्क भोजन बितरण कार्यक्रम सम्पन्न भएको छ ।

यहि २०८१ बैशाख देखि हरेक हप्ताको शनिबारका दिन नारायणी अस्पतालको प्राङ्गणमा बिहान १० बजेदेखि निसुल्क भोजन सुरु हुने गर्दछ । अस्पतालमा रहेका बिरामि र बिरामीका कुरुवाहरु समेतलाई यस खानाले एक दिन भएपनि राहत हुने बताए ।

हरेक सप्ताहको शनिबार बितरण हुने निसुल्क खाना ४ सय देखि ५ सय सम्मले खाने गरेको बिरगंज समाज सेवाका महासचिव प्रकाश बाहेतिले जानकारी गराउनु भयो । अहिलेसम्म कुनै दाताबाट सहयोग नलिएको यस कार्यको लागि समिति कै मेम्बरहरुले आआफ्नो खर्चबाट खाना खुवाउने गरेको बताए ।

महासचिव बाहेतिले ईच्छुक दाताले यस सस्थालाई भोजनको लागि सहयोग गर्न चाहन्छ भने सहस  स्वकार्य हुने समेत बताए । निसुल्क खानाको आज १० औं हप्ता हो र आज ४ सय भन्दा बढीले खाना खाएको समेत सस्थाका अध्यक्ष अशोक गुप्ताले बताए ।

आजको साप्ताहिक निसुल्क भोजन कार्यक्रममा खाना खुवाउन सहयोग गर्नु हुनेमा सस्थाका अध्यक्ष अशोक गुप्ता , उपाध्यक्ष मनोज रौनियार , महासचिव प्रकाश बाहेति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्य राजु रुङ्गटा , राजेश अग्रवाल , बिकास अग्रवाल , बैधनाथ प्रसाद कलवार , ओकिल रौनियार , रामबाबु गुप्ता , रामप्रबेश , धर्मेन्द्र गोयल , बैधनाथ साह , बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र समाजिक अभियन्ता अभिलेस गुप्ता लगायत रहेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...