नेपाल क्याकुसिन काइकान कराते बाराको १३ सदस्यीय नया कार्य समिति गठन

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल क्याकुसिन काइकान कराते बाराको नया कार्य समिति गठन भएको  छ ।

मेघनाथ अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति गठन भएको छ ।

उपाध्यक्षमा केशव थापा , सचिबमा राजेश महतो , कोषाध्यक्षमा प्रेम थापा , सदस्यहरुमा शेषराज अधिकारी , राम अधिकारी , अरबिन्द शाह , गौरव नेपाल , अनिल गिरि , राजेश पुन , यम कुमारी श्रेष्ठ र रेनु पराजुली रहेका छन् ।

त्यसैगरि सल्लाहकारका मोहन शर्मा लामिछाने , राजकपुर राउत र रबिन्द्र खकुरेललाई सर्वसम्मतले चयन गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा न.१ का समाजसेबि तथा खेलकुद प्रेमि तथा भद्र भलादमिहरुको बैठक बसि सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउत कुर्मीको अध्यक्षतामा तथा जिल्ला खेलकुद समिति बाराका प्रमुख हेमलाल श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक बसि  नेपाल क्याकुसिन काईकान करातेको केन्द्रिय समितिको निर्देशन अनुसार २०७८/०७/०६ गते गठन भएको जिल्ला क्योकुसिन सेईसिन काइकान कराते संघ निस्कृय  भएको भन्दै सो विघटन गरि नया जिल्ला कार्य समिति गठन गर्ने निर्णय गरेको हो।

त्यसैगरि आजको बैठकले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ उपशाखा डोजो जितपुर- सिमरा उपमहानगरपालिकामा कार्यालय रहने गरि दर्ता वा सुचिकृत गर्ने , सस्थाको दर्ता , कानुनी कार्यहरु र व्यवस्थापकिय कार्यहरु गर्नको लागि सचिवलाई अख्तियारनामा समेत दिने निर्णय गरेको थियो ।

यस कराते संघले खेलकुद गतिविधि र सामाजिक कार्य गर्ने त्यसको लागि कलैया उपमहानगरपालिका ,  मधेस प्रदेश सरकारको खेलकुद निकाय र जिल्ला खेलकुद बिकास समिति बारामा  सुचिकृत गर्ने समेत सर्वसम्मतबाट  निर्णय भएको थियो ।

सो बैठकमा  प्रमोद सिंह , केशव थापा, राम अधिकारी , अरबिन्द शाह , मोहन शर्मा लामिछाने , यम कुमारि श्रेष्ठ , सुशील शर्मा , हिरा श्रेष्ठ , प्रेम थापा , रबिन्द्र खकुरेल लगायत स्थानीय , खेलकुद प्रेमिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...