शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा राष्ट्रिय धान दिवसको अवसरमा वृक्षरोपण

Date:

अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठान पर्साले राष्ट्रिय धान दिवसको अवसरमा नेपाल प्रौढ संघ (वृद्धाआश्रम ) मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बिरगंज महानगर पालिका वडा न.१६ नगवा स्थित नेपाल प्रौढ संघ ( बुद्धा आश्रम ) को प्राङ्गणमा शनिबार अशोक प्रजातिका २० वटा बिरुवा रोपेको थियो ।

प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहयोगी संस्थामा नेपाल प्रौढ संघ रहेको थियो ।

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनाल र नेपाल प्रौढ संघ ( वृद्धा आश्रम) पर्साका अध्यक्ष नन्द राउत अहिरको सन्युक्त अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिका वडा न.१६ का वडाअध्यक्ष परशुराम चौरसियाले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

त्यसैगरि  बिशिस्ट अतिथीहरुमा नारायणी अस्पतालका पुर्व मेसु डा. विरेन्द्र प्रधान ,  प्रतिष्ठानका वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाश उपाध्याय,अतिथिहरु बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक दिपिन थापा,रेल्वे स्कुलका प्र.अ. प्रभु प्रसाद रौनियार , बिकन स्कुलका प्र.अ. जय कुमार दनुवार,  प्रकृति सेवा प्रतिष्ठान नेपालका सहसचिव अभिनास झा, समाजसेवीहरु बाबुनन्द चौरसिया,भगवान श्रेष्ठ , हुकुम सिंह राजपुत, हरिन्द्र यादव,भगवती युवा क्लबका अध्यक्ष संजय श्रेष्ठ ,युनाइटेड नेपाल फाउन्डेसनका अध्यक्ष आकाश दास , प्रतिष्ठानका कोषाध्यक्ष बिना खतिवडा आचार्य,सहसचिव पत्रकार अजित भुजेल, सदस्यहरु शान्ती मालि,  रिना बिश्वकर्मा, पवन श्रेष्ठ ,नवराज भट्टराई ,अभिलाष गुप्ता,संघका सचिव रितेश गुप्ता,सदस्यहरू गोबिन्द ताम्राकार, हेमन्त शाक्य ,

जानकी  हाडा, जयराम पटेल,वरिष्ठ सल्लाहकार मनोज मिश्र लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी चौरसियाले बाताबरण जोगाउने वृक्षारोपण कार्यक्रम जस्तो जनहितको लागि अत्यन्तै आवश्यकताको  कार्यमा आफू निकै खुशी लागेको भन्दै आयोजक प्रतिष्ठान परिवारलाइ मुरि मुरि धन्यवाद दिदै हामी सबै मिलि रुख बिरुवा रोपौ र  त्यसको संरक्षण गरौ , यसैमा नै हाम्रो भलाई छ र आउने सन्ततीको लागि हामी स्वच्छ वातावरण दिएर जाउ । समाजको जेष्ठ नागरिकहरुको सेवा सहयोग गर्नु हाम्रो कर्तव्य हो र अबको केही महिनामा पुर्व मुख्यमन्त्री लालबाबु राउतले  फेरि ४० लाख यस प्रौढ संघलाई प्रदान गरेको घोषणा गर्दै म र वडासमितिबाट हुने सहयोगको लागि आफू जहिले पनि तैयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सो अवसरमा बिशिस्ट अतिथी प्रधानले हाम्रा बुवाले जेष्ठ नागरिकहरुको सेवा सम्मान सबैले गरुन् भनी नेपाल प्रौढ संघको स्थापना गरि वृद्धाआश्रम बनाउने जुन सपना देख्नु भएको थियो आज त्यो बिस्तारै साकार भएको देख्दा उहाँ जहाँ भए पनि निकै खुशी हुनुभएको र आफू पनि खुशिले भावुक बनेको बताउदै आजको वृक्षारोपण जस्तो अत्यन्तै आवश्यक एवं महत्त्वपूर्ण कार्यक्रमको आयोजनाको लागि प्रतिष्ठान परिवारको साथै संघ परिवारलाइ पनि हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

सो अवसरमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार उपाध्यायले विगतको समयमा प्रकृतिको दोहन,खेलवाडको नतिजा हामिले गत वर्ष देखि पानीको हाहाकारले प्रत्यक्ष रुपमा भोगी रहेका छौ त्यसैले हामि सबैले रुखबिरुवा राेपेर त्यस्को संरक्षण सम्बर्द्धन गर्नु नै आजको वृक्षारोपण कार्यक्रमको उद्देश्य हो र यहि सन्देशलाइ हामि सबैले आत्मसात गर्नु नै आजको आवस्यकता रहेकोमा जोड दिदै प्रतिष्ठानले यस्तो समाजिक सेवा कार्यको साथै शिक्षा र स्वास्थको क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको र आगामी दिनमा अझ बढाउदै लैजाने बताउनु भयो ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष खनालले प्रकृति हाम्रो लागि जिवनदायिनी हुनुभएकोले रुख रोपौ वातावरण जोगाऔ र आउने सन्तततिको भविस्य स्वास्थ्यमय सबल बनाउ भनी आग्रह गर्दै सहयोगी नेपाल प्रौढ संघ परिवार एवं सहभागी सम्पुर्णलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

सो अवसरमा सहभागी सम्पुर्णलाई दहि चिउरा आँप खुवाईएको सो कार्यक्रममा स्वागत मन्तव्य प्रौढ संघका उपाध्यक्ष अनिल रिजालले गरेका थिए भने सहजीकरण कोषाध्यक्ष श्रवण बहादुर रायमाझिले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...