- अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंक तथा अमर चौक टोल सुधार समितीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि बिरगंजको रेल्वेरोड स्थित अमरचौकमा निसुल्क कपडा वितरण गरेको छ ।
सो अवसरमा नया पुराना गरि ३५० थान कपडा वितरण गरिएको अमर चौक टोल सुधार समितिका सचिव नवराज भट्टराईले जानकारी दिनुभयो ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र अमर चौक सुधार समितीका अध्यक्ष संजय पटेलको संयुक्त अध्यक्षतामा तथा बिरगंज महानगर पालिका वडा न. ४ का वडाअध्यक्ष जगत प्रसाद साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिशिस्ट अतिथि कपडा बैंकका सल्लाहकार एवं समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय , वडा न. ५ को वडासदस्य सन्जु दाहाल, समाजसेवी हुकुम सिंह राजपुत ,नेवा दे दबु महानगर कमिटी अध्यक्ष सत्यम खडगी , पत्रकार अजित भुजेल , राज सरार्फ , बिरगंज कपडा बैंकका सचिव कन्हैया पटेल, कोषाध्यक्ष मनोज मिश्रा, सदस्यहरु निला कुमारी राम, अभिलाष कुमार गुप्ता, अमर टोल सुधार समितिका उपाध्यक्ष अजय यादव,कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ ,सहसचिव शेखर चौधरी,सदस्यहरु राजेश श्रेष्ठ , सुमन राना, दिपक सरार्फ , मोहन श्रेष्ठ ,सचितानन्द पाल लगायत स्थानिय अग्रज ,महिला, युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी वडाअध्यक्ष कानुले दिन दुखी असहाय सेवा नै मानिसको सबैभन्दा ठूलो धर्म भएकोले हामी सबै मिलि समाजसेवा कार्यमा हातेमालो गर्नु पर्दछ र यो कार्यमा बिरगंज कपडा बैंक विगत लामो समय देखि सेवा प्रदान गर्दै आएकोमा सम्पुर्ण परिवारलाइ हार्दिक धन्यवाद दिदै अमर चौक टोल सुधार समितीले आफ्नो सुरुवात मै नेक कार्य गरेकोमा आफू निकै खुशी लागेको बताउदै दुबै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
सो अवसरमा आयोजक दुबै संस्थाका सल्लाहकार अधिवक्ता उपाध्य्यायले सेवा नै धर्म हो र त्यसमा पनि दिन दुखी असहायको सेवा प्राथमिकतामा राखी हामिले सेवा सहयोग प्रदान गर्दै सेवारत रहेका छौ बताउदै सम्पुर्णलाई सेवा सहयोग गर्न आग्रह गर्नु भयो ।
बिरगंज कपडा बैंकका अध्यक्ष सिंहले तपाईं संग धेरै छ भने हामिलाइ दिनुस र तपाईलाई आवश्यक छ भने हामी संग निशुल्क लिएर जानुसको मुल मन्त्रलाइ आत्मसात गरि विगत ५ वर्ष देखि सेवारत छौ यसको लागि सम्पूर्ण सहयोगी दाता हरुले प्रदान गर्नु भएको कपडा प्रत्येक दिन कार्यालयबाट र आपत विपतको समयमा पिडामा रहेकाहरुको निवास स्थान मै पुगेर सहयोग उपलब्ध गराउदै आएको बताउदै अमर चौकको नामाकरण गरिएको अग्रज जननेता समाजसेवी अमर बहादुर खडगीको समाजप्रतिको अमुल्य योगदान हामिले सधै सम्झिने छौ भन्दै सम्पुर्णलाई धन्यवाद प्रकट गरेका थिए भने अमर चौक टोल सुधार समितिका अध्यक्ष पटेलले सहयोगी बिरगंज कपडा बैंक र सहभागी सम्पुर्ण लाई धन्यवाद ब्यक्त गरेका थिए ।
सो निशुल्क कपडा वितरण कार्यक्रममा स्वागत मन्तव्य अमर चौक टोल सुधार समितीका सल्लाहकार जुलुम खडगीले गरेका थिए भने सहजीकरण सदस्य चन्द्रकिशोर रामले गर्नु भएको थियो ।
बिरगंज कपडा बैंक र अमर चौक सुधार समितिको सन्युक्त आयोजनामा निसुल्क कपडा बितरण
Date: