अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कंचनजङ्गा बोर्डिङ्ग स्कुलमा लागुपदार्थ दुर्व्यसनी तथा ओसार पसार सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा सम्पन भएको सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्की रहेका थिए ।
कार्यक्रममा वरिष्ठ नायब निरीक्षक कार्की ले अध्यनरत रहेका बिद्यार्थीहरुलाई लागुपदार्थ सेवनबाट हुने बेफाइदा र यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए भने सहभागी बिद्यार्थीहरुले यस लागु पदार्थबाट जोगिन जोगाउन बारे नायब निरीक्षक कार्की सित अन्तरक्रीया समेत गरेका थिए। लागु औषध प्रयोग तथा रोकथाममा बिद्यार्थीहरुको अहम भुमिका एवम् देश कर्णधार भबिस्य बिद्यार्थी भएकोले यसको रोकथाममा समेत बिद्यार्थीहरुले मद्दत गर्न सक्ने समेत प्रहरी वरिष्ठ निरीक्षक टेक बहादुर कार्की को भनाइ रहेको थियो। त्यस्तो गतिविधि देखेमा नजिकको प्रहरीलाई जानकारी गर्न गराउन समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रहरी बरिस्ठ नायब निरीक्षक टेकबहादुर कार्कीलाइ स्कुलका डाइरेक्टर मार्टिन मोक्तानले मायाको चिनोले समेत सम्मानित गरेका थिए। सो कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल का सल्लाहकार एवम कंचनजङ्गा स्कुल का डाइरेक्टर मार्टिन मोक्तान , प्रिन्सिपल वसन्त बुढाथोकी , सामुदायिक प्रहरी सेवा केन्द्र उपाध्यक्ष सन्जु दाहाल , उपाध्यक्ष सियाराम नेपाली , मुन्ना दाहाल, भवानी पौडेल ,अंकित गिरी , सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका प्र.स.ह कुमार बिक , प्र.स.ह अमित कुमार यादव, प्रहरी जवान दिलिप कुमार कोइरी लगायत शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियोे भने कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचीव श्रवण रायमाझीले गरेका थिए।