अल्पाईन स्कुलद्वारा +२ साईन्स र मेनेजमेन्टको छात्रबृद्विको परिक्षा

Date:

अजित कुमार भुजेल , बिरगंज ।हअल्पाईन सेकेन्डरि स्कुलद्वारा +२ साईन्स र मेनेजमेन्टका विद्यार्थीहरुको छात्राबृद्विको लागि परिक्षा लिएको थियो ।

+२ साईन्समा २०० र मेनेजमेन्टमा  १०० जना विद्यार्थीहरुको भर्नाको लागि लिईएको छात्राबृद्वि परिक्षामा साईन्समा ९५० जनाले अनलाइन आवेदन र मेनेजमेन्टमा ५०० जनाले अनलाइन आवेदन दिएका थिए ।

शनिबार अल्पाईन सेकेन्डरि स्कुलमा परिक्षा ३ सिप्टमा लिएको थियो । पहिलो परिक्षा बिहान ८:०० बजेदेखि १० बजेसम्ममा , दोस्रो परिक्षा ११:०० बजेदेखि १ :०० बजे सम्म र तेस्रो परिक्षा ३:०० बजेदेखि ५ :०० सम्म सन्चालन भएको थियो ।

परिक्षामा उत्कृष्ट आउने १-१ जना  विद्यार्थीहरुलाई  १००% मासिक शुल्क फ्रि हुने , क्रिक्रेट खेलमा १५-१५ जनालाई २५% छात्रबृद्वि , खेलकुद तर्फ १०-१० जनालाइ ५०% छुट , एसईईमा  A+ ल्याउने सबै विद्यार्थीहरुलाई  ५० % छुट,  गरिब विद्यार्थी मध्य १० जनालाई ५०% मासिक छुट , A ल्याउने सबै विद्यार्थीहरुलाई २५% मासिक छुट, स्पेशल मेनेजमेन्ट पढ्ने सबै छात्रालाई २५% ट्युसन फिसमा छुट गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरि आजै लिएको परिक्षामा ७०% देखि माथि अन्क ल्याउने विद्यार्थीहरुलाई १००% एडमिसन फिस फ्रि , ६० देखि ६९ % ल्याउनेलाई ५०% , ५० देखि ५९% ल्याउने विद्यार्थीलाई २५% एडमिसन फिस छुट दिने अल्पाईन सेकेन्डरि स्कुलका प्रिन्सिपल बिनोद उपाध्यायले जानकारी दिनुभयो ।

आज लिएको छात्रबृद्वि परिक्षाको नतिजा  असाढ  १२ गते प्रकाशित गरिने उपाध्यायले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...