जेष्ठ नागरिकलाई स्थानीय , प्रदेश र संघिय सरकारले अहिले पनि कुनै किसिमको सहयोग गरेको छैन

Date:

अजित कुमार भुजेल , बिरगंज । जेष्ठ नागरिक तथा सरोकार समुह बिच बिरगंजमा अन्तरकृृया कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंजको होटल पुजनमा शनिबार ज्येष्ठ नागरिक महासंघ मधेश प्रदेशको आयोजनामा ज्येष्ठ नागरिक तथा सरोकार समूहबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ज्येष्ठ नागरिक तथा सरोकार समूहबीच अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशकै आठ वटै जिल्लाका ज्येष्ठ नागरिक महासंघका अध्यक्षले आआफ्नो जिल्लाका गतिविधिबारे अवधारणाको क्रममा बृद्ध छु भन्दै महशुस नहोसको मध्य नजर गर्दै असाढ १५ गते धान रोपाइ दिवस, खिर खाने दिन,दशै तथा शुभ दिपावली,छठ पर्बको शुभकामना आदान प्रदान गर्दै आएको बताएका थिए ।

सो कार्यक्रममा सरोकारवालाले  नगरपालिका,पालिकाहरुले ज्येष्ठ नागरिकलाइ अहिले पनि कुनै किसिमको सहयोग नगरेको बताएका थिए ।

मधेस प्रदेश सरकारसँग ज्येष्ठ नागरिकको कानुन बनाउनको निम्ति कति चोटि डेलिगेसन लिएर जादा पनी अहिले सम्म प्रदेश सरकारले केहि नगरेको बताएका थिए। त्यस्तै समाज कल्याण मन्त्रालयले पनि ज्येष्ठ नागरिकको लागि खासै कुनै किसिमको योजना , प्याकेज नल्याएको  र ज्येष्ठ नागरिकहरुलाई  सहुलियत नभएको दुखेसो पोखेका थिए

कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका सांसद शंकर चौधरीले आठ वटै जिल्लाको अध्यक्षहरूको कुरासुनेर कार्यक्रमलाइ सम्बोधन गर्दै भने तपाईहरुको आवाजलाइ मधेश प्रदेश संसदिय बैठकमा आवाज उठाउने छौ र सकेसम्म सहयोग गर्नेछौ भन्दै तपाईहरु कसरि सुखि सम्पन्न हुनुहुन्छ त्यस तर्फ लाग्न प्रदेश सांसद चौधरीले आग्रह गर्नु भएको थियो।

उक्त कार्यक्रम ज्येष्ठ नागरिक महासंघका मधेश प्रदेश अध्यक्ष जगदीश शर्माको अध्यक्षता तथा मधेश प्रदेश सांसद शंकर चौधरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेजामुदिन समानी,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,नेपाल पत्रकार महासंघ पर्साका पुर्ब अध्यक्ष सत्रुधन नेपाल , वीरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष माधवराज पाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य श्याम पोखरेलले गर्नु भएको थियी भने कार्यक्रमको सहजीकरण विजयराज गौतमले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...